+
+
Shares

सभामुखको आदेशबिनै संसद् बैठकबाट निकालिइन् कांग्रेस सांसद

बैठक चलिरहेका बेला मोबाइलबाट तस्वीर खिचेको भन्दै मर्यादापालकले सांसद सेन्दाङलाई बाहिर निकालेको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १६:४९

१२ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालको आदेशबिना मर्यादापालकले नेपाली कांग्रेसकी सांसद गीता सेन्दाङलाई प्रतिनिधिसभा बैठक कक्षबाट बाहिर निकालेका छन् । मंगलबार मर्यादापालकले सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेका हुन् ।

यस विषयमा कांग्रेस सचेतक निस्कल राईले सांसद सेन्दाङलाई बैठकबाट निकालेकाे विषयमा संसद्को ध्यानाकर्षण गराउने भएका छन् । कांग्रेस सांसद गीता गुरुङले आजकै संसद् बैठकमा सचेतक राईले सांसद सेन्दाङलाई बाहिर निकालेको विषयमा सभामुख अर्यालको ध्यानाकर्षण गराउने जानकारी दिइन् ।

बैठक चलिरहेका बेला मोबाइलबाट तस्वीर खिचेको भन्दै मर्यादापालकले सांसद सेन्दाङलाई बाहिर निकालेको बताइएको छ ।

‘उहाँले भिडियो बनाउनु भएछ । त्यही भएर हो । तर, नियमावलीमा सभामुखले वार्निङ दिएरमात्रै मर्यादापालक लगाउनुपर्ने भन्ने रहेछ । अहिले हाउस केहीबेर स्थगित भएको छ,’ कांग्रेस सांसद गुरूङले भनिन्, ‘हाउस सुरू भएपछि यो विषयमा सचेतकले ध्यानाकर्षण गराउनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?