News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री संसद् चलेकै दिन संसद्मा उपस्थित हुनुहुने बताउनुभयो ।
- विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको समय यकिन गर्न र सभामुखबाट रुलिङ हुनुपर्ने माग गरेका छन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री सम्भवतः एक हप्ताभित्रै सदनमा आउने जानकारी दिनुभयो ।
१२ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद् चलेकै दिन संसद्मा उपस्थित हुने बताएका छन् ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र संसद्लाई सम्बोधन खोजिरहेका बेला सभामुख अर्यालले यस्तो बताएका हुन् ।
विपक्षी दलहरूले प्रधानमन्त्री कहिले आउँछन् भनेर समय नै यकिन हुनुपर्ने र यो विषयमा सभामुखबाटै रुलिङ हुनुपर्ने माग राखेका छन् ।
जवाफमा सभामुखले छिट्टै प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने बताएका हुन् ।
‘माननीय सदस्यहरूले मिति माग्नुभएको छ । डेट, समय,’ सभामुख अर्यालले भनेका छन्, ‘सदन चलेकै दिन आउनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू । म सदन चलेकै दिन सम्माननीयज्यूलाई बोलाउँछु ।’
प्रधानमन्त्रीले समय तय गरेर त्यसको सूचना दिएपछि त्यसबारे सदनलाई जानकारी गराउने पनि उनले बताएका छन् ।
त्यसअघि सभालाई रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले एक हप्ताभित्र संसद्लाई सम्बोधन गर्न सक्ने बताएका थिए ।
सोमबारको पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यसक्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेको स्मरण गर्दै उनले प्रतिनिधिसभा बैठकलाई यस्तो आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेँ’ उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ । सम्मभवत एक हप्ताभित्रै सदनमा आउने जानकारी गराउँदछु ।’
यसपछि पनि विपक्षी दलहरूले सभामुखबाटै रुलिङ हुनुपर्ने र मिति तय गरिनुपर्ने माग गरेपछि सभामुख अर्यालले आफूले दिनमा उठेको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको र यही नै रुलिङ भएको प्रष्टीकरण दिए ।
कुन दिन आउने भनेर मिति तय गर्ने विषयमा समन्वय चाहिने भन्दै सदन चलेकै दिन आउने जवाफ दिएका हुन् ।
प्रतिक्रिया 4