+
+
Shares

मधेश जनलोकपाल आयोगमा दुई सदस्य नियुक्त

मधेश सरकारको बेकामे बनेको जनलोकपाल आयोगमा रिक्त दुई सदस्य नियुक्त गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश सरकारले जनलोकपाल आयोगको रिक्त दुई सदस्य पदमा संजीवकुमार झा र सुजाता विमललाई नियुक्त गरेको छ ।
  • नवनियुक्त सदस्यद्वय संजीवकुमार झा र सुजाता विमलले प्रदेश प्रमुख सुरेन्द्र लाभबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • आयोग प्रभावकारी नभएको भन्दै गत पुसमा सदस्यद्वय राजकिशोर साह र शोभा महतोले राजीनामा दिएपछि ती पद रिक्त भएका थिए ।

१२ जेठ, जनकपुरधाम । मधेश सरकारको बेकामे बनेको जनलोकपाल आयोगमा रिक्त दुई सदस्य नियुक्त गरिएको छ ।

आयोगमा मधेश सरकारले महोत्तरीको औरही नगरपालिका-७ का संजीवकुमार झा र महोत्तरीको श्रीपुर-८ की सुजाता विमललाई सदस्यमा नियुक्त गरेको हो ।

दुवै जनाले आजै प्रदेश प्रमुख सुरेन्द्र लाभबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

जनलोकपाल ऐन २०७७ अनुसार मुख्यमन्त्री, सभामुख र प्रतिपक्षी दलको नेताको सिफारिसमा आयोगको अध्यक्ष तथा सदस्यहरू प्रदेश प्रमुखले नियुक्त गर्ने व्यवस्था छ ।

मुख्यमन्त्री लालबाबु राउतको पालामा २२ भदौ २०७८ मा अध्यक्षसहित तीन सदस्यीय आयोग गठन भएको थियो । तर गठन भएको साढे ४ वर्षमा आयोगको काम–कारबाही र प्रभावकारिता शून्य जस्तै छ ।

सुशासन कायमको निम्ति गठन गरिएको जनलोकपाल आयोग बेकामे भएको भन्दै २०८१ पुसमा सदस्यद्वय राजकिशोर साह र शोभा महतोले पदबाट राजीनामा दिएका थिए । आयोगमा अध्यक्ष रामसहायप्रसाद यादव मात्रै थिए ।

आयोग बेकामे बन्यो भनेर विगतमा सरकारले खारेजीको प्रयास समेत गरेको थियो । तर वर्तमान तीन दलीय गठबन्धन सरकारले थप पाँच वर्षका लागि दुई जना सदस्य नै नियुक्त गरेको छ ।

राजनीतिक दलको कार्यकर्ता भर्ती केन्द्रका लागि स्थापना गरेको भन्दै आलोचना समेत हुँदै आएको छ । तर, त्यसको प्रवाह नगरी चार वर्षमा उपलब्धि शून्य दिने कार्यालयमा दुई सदस्य नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?