News Summary
Generated by OK AI. Editorially reviewed.- लक्ष्मी सनराइज बैंक र बेलायतको ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टबीच २ करोड ५० लाख अमेरिकी डलरको कर्जा सुविधा सम्झौता भएको छ ।
- उक्त कर्जा लघु, साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्न र ३० प्रतिशत महिला उद्यमीका लागि लक्षित गरिने छ ।
- यस सहकार्यले रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र बैंकको वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास छ ।
१३ जेठ, काठमाडौं । बेलायतको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता भएको छ।
महिला उद्यमलाई प्राथमिकता दिँदै नेपालका लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा लघु, साना तथा मझौला उद्यम क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झन्डै २० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ।
तर विश्व बैंक र नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय संस्थाको सीमित पहुँच तथा उद्यमीको आवश्यकता र बैंकिङ प्रक्रियाबीचको असमानताका कारण औपचारिक वित्तीय प्रणालीमार्फत जम्मा १६ प्रतिशत यस्ता व्यवसायले मात्र कर्जा सुविधा प्राप्त गरेका छन् ।
यस लगानीमार्फत बैंकले लघु, साना तथा मझौला उद्यम क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ, जसअन्तर्गत कुल सुविधाको ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिने छ।
यस सहकार्यले वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पूँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी निजी क्षेत्र विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।
यस सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली अझ सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएको छ। यसले बैंकको दिगोपनासम्बन्धी रणनीति तथा जिम्मेवार बैंकिङ अभ्यासलाई थप बलियो बनाउँदै वातावरणीय र सामाजिक जोखिम व्यवस्थापन तथा दिगो वित्तीय पहललाई टेवा पुर्याउनेछ ।
डलरभन्दा बढी परिचालन गरिसकेको छ। संस्थाको ६६ देशका १ हजार ६०० भन्दा बढी व्यवसायमा लगानी रहेको छ भने कुल खुद सम्पत्ति ९.८७ अर्ब पाउन्ड बराबर रहेको छ।
प्रतिक्रिया 4