+
+
Shares

सरकार कर्तव्यबाट विचलित भई व्यवस्था माथिको प्रहारमा उत्रिएको छ : देवराज चालिसे

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षाअनुसार अवस्था परिवर्तन गर्ने मूल कर्तव्यबाट विचलित भएको आरोप लगाएका छन् ।
  • प्रवक्ता चालिसेले अध्यादेश जारी गर्ने शैली, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामा देखिएका कमजोरीलाई संसदीय लोकतन्त्रमाथिको चुनौतीका रूपमा औंल्याए ।
  • उनले सञ्चारकर्मीहरूलाई सत्यको पक्षमा उभिन आग्रह गर्दै निर्वाचनभन्दा लोकतन्त्र र स्वतन्त्रता स्थायी हुने धारणा व्यक्त गरे ।

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षाअनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले सरकार लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्न उद्यत रहेको आरोप लगाए ।

प्रवक्ता चालिसेले संसदीय प्रणालीभित्रै बसेर सरकारले यसको मर्मविपरीत काम गरिरहेको टिप्पणी गरे ।

नेपालको भू–राजनीति र जनसाङ्ख्यिक अवस्थितिलाई दृष्टिगत गर्दै संसदीय शासन प्रणाली रोजिएको स्मरण गराउँदै उनले अहिले सरकारबाटै यस प्रणालीमाथि अदृश्य रूपमा आक्रमण भइरहेको दाबी गरे ।

उनले अध्यादेश जारी गर्ने शैली, अदालतका प्रसंग, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र संघीयताको कार्यान्वयनमा देखिएका कमजोरीलाई संसदीय लोकतन्त्रमाथिको चुनौती भएको बताए ।

प्रवक्ता चालिसेले सञ्चारकर्मीहरूलाई सत्यको पक्षमा अविचलित भएर उभिन आग्रह गरे ।

सन् १९५३ मा अमेरिकामा रंगभेद विरुद्ध रोजा पाक्र्सले गरेको सानो विद्रोहले नागरिक अधिकार प्राप्तिमा ल्याएको ठूलो परिवर्तनको उदाहरण दिँदै उनले पत्रकारको कलमले नै स्वतन्त्रताको रक्षा गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अहिलेको सरकार अवस्था परिवर्तनका लागि म्यान्डेट पाएको हो, तर सरकार आफ्नो कर्तव्य भुलेर प्रणालीमाथि नै प्रहार गरिरहेको छ । झुटले लेखिएको इतिहास मेटिन सक्छ, तर सत्यको आवाज सधैँ अमर रहन्छ । कुनै पनि तानाशाह वा शक्तिले स्वतन्त्रतालाई पराजित गर्न सक्दैन । कांग्रेसले चुनाव हार्न सक्छ तर देशले जित्नुपर्छ भन्ने हाम्रो मान्यता हो । निर्वाचन आउँछन् जान्छन्, तर लोकतन्त्र र स्वतन्त्रता स्थायी हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?