News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गर्ने उद्योगको संख्या ३७१ पुगेको छ ।
- चालु आर्थिक वर्षको फागुनसम्म थप ३७ नयाँ नेपाल गुणस्तर मापदण्ड स्वीकृत भएसँगै कुल मापदण्डको संख्या १ हजार १८२ पुगेको छ ।
- सरकारले गुणस्तर चिह्न प्राप्त उद्योगबाट २ सय २९ वटा नमुना संकलन गरी परीक्षण गरेको छ ।
१३ जेठ, काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकमा वस्तु तथा सेवाको गुणस्तर सुनिश्चित गर्ने मापदण्ड र गुणस्तर चिह्न प्राप्त गर्ने उद्योग संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
सर्वेक्षणको फागुन मसान्तसम्मको तथ्यांकले औद्योगिक उत्पादनको गुणस्तर सुधार र नियमनमा प्रगति देखाएको छ ।
आर्थिक सर्वेक्षण अनुसार २०८२ फागुनसम्म स्वीकृत भएका नेपाल गुणस्तरको संख्या १ हजार १ सय ८२ पुगेको छ । चालु आर्थिक वर्ष फागुन मसान्तसम्म मात्रै थप ३७ वटा नयाँ नेपाल गुणस्तर मापदण्ड स्वीकृत भएका छन् ।
३७१ उद्योगले पाए एनएस चिह्न
मुलुकभरि नेपाल गुणस्तर प्रमाण चिह्न (एनएस) प्राप्त गर्ने उद्योग संख्या ३ सय ७१ पुगेको छ । सर्वेक्षणका अनुसार हालसम्म ५ सय ७६ उद्योगले विभागबाट इजाजतपत्र प्राप्त गरेका छन् ।
चालु आव ८ महिना (फागुन) सम्म मात्रै थप ७३ वस्तुले एनएस प्राप्त गर्न सफल भएका छन् ।
बजारमा गुणस्तरीय वस्तु उपलब्धता सुनिश्चित गर्न सरकारले अनुगमन र परीक्षणलाई तीव्रता दिएको छ । गुणस्तर चिह्न प्राप्त गरेका उद्योगबाट २ सय २९ वटा नमुना संकलन गरी परीक्षण गरिएको छ ।
यसै अवधिमा विभिन्न वस्तुका ६ सय ८० नमुनाको रासायनिक तथा भौतिक परीक्षण र विश्लेषण सम्पन्न भएको सर्वेक्षणले देखाएको छ । साथै, नापतौलको शुद्धता कायम गर्न ५३ वटा नापतौल यन्त्रको क्यालिब्रेसन समेत गरिएको छ ।
प्रतिक्रिया 4