News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गरिएको रिटमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
- न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले बुधबार बसन्ती नेपालीको रिटमा सुनुवाइ गर्दै छलफलका लागि विपक्षीलाई बोलाएको छ ।
- चलचित्र ‘लालीबजार’ विरुद्ध उच्च अदालत पाटनमा दायर अर्को मुद्दाको पनि सुनुवाइ भइरहेको छ ।
काठमाडौं । चलचित्र ‘लालीबजार’ सम्बन्धी दायर नयाँ रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो । नेपालगञ्जकी बसन्ती नेपाली बादीले फिल्मको प्रदर्शन रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
अदालतले अन्तरिम आदेश दिने वा नदिने बारे छलफल गर्न अर्को पेशीमा विपक्षीलाई बोलाएको छ । ५ जेठमा फिल्मको प्रदर्शन रोक्न माग गर्दै रिट दायर भएको थियो ।
रोशनी नेपालीले दायर गरेको फिल्म ‘लालीबजार’ को यस्तै प्रकृतिको अर्को मुद्दाको सुनुवाइ चाहिँ उच्च अदालत पाटनमा आज भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4