News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत पाटनले बुधबारदेखि फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दामा पुनः सुनुवाई थालेको छ।
- गणेशप्रसाद बराल र नारायणप्रसाद सुवेदीको इजलासले विपक्षीलाई छलफलमा झिकाउन आदेश दिएको छ।
- सर्वोच्चले ७ दिनभित्र अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा उच्च अदालतलाई आदेश दिएको थियो।
काठमाडौं । फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले बुधबारदेखि पुनः सुनुवाई थालेको छ । यो मुद्दामा सुनवाई गर्दै आज गणेशप्रसाद बराल र नारायणप्रसाद सुवेदीको इजलासले विपक्षीलाई छलफलमा झिकाउन आदेश दिएको छ ।
यसअघि उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गर्दै प्रदर्शनको लागि बाटो खुला गरेको थियो । उक्त आदेशलाई चुनौति दिँदै अभियन्ता नेपालीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
उनको मुद्दामा गतसाता सुनुवाई गर्दै सर्वोच्चले ‘विवादित चलचित्र अवलोकन गरि अन्य कुनै कुरा बुझ्न आवश्यक भए बुझी ७ दिनभित्र अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने सम्बन्धमा आदेश गर्न’ भन्दै उच्च अदालत पाटनलाई आदेश दिएको थियो ।
सर्वोच्चको सोही आदेशअनुसार आज उच्च अदालत पाटनमा सुनुवाई भएको हो । यो मुद्दामा सूचना तथा सञ्चार मन्त्रालयसहितलाई विपक्षी बनाइएको छ ।
षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ अहिले हलमा प्रदर्शन भैरहेको छ । हलमा पनि फिल्मले उत्साहजनक कमाइलाई निरन्तरता दिएको छ । फिल्मले वादी समुदायकी एक महिलाले छोरीको उचित शिक्षा र पोषणको लागि गर्ने संघर्षको कथा पेश गर्छ ।
प्रतिक्रिया 4