+
+
Shares

‘तेज’ ब्रान्ड तोरी तेल न्यूनस्तरको भेटियो, बजारबाट तत्काल फिर्ता गर्न आदेश

खाद्य प्रविधि विभागका अनुसार सिद्धार्थ आयल इन्डस्ट्रिजबाट उत्पादित आयातित तोरीबाट बनेको तेलमा कैफियत देखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिद्धार्थ आयल इन्डस्ट्रिजको 'तेज' ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
  • विभागले प्रयोगशाला परीक्षणमा मापदण्डविपरीत पाइएको उक्त ब्रान्डको ब्याच नम्बर २० को तेल बिक्री वितरणमा समेत पूर्ण रोक लगाएको छ ।
  • खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै सो कदम चालेको जनाएको छ ।

१४ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिद्धार्थ आयल इन्डस्ट्रिज रुपन्देहीले उत्पादन गरेको ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।

विभागले बजार अनुगमन क्रममा संकलन गरिएको उक्त तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको अनिवार्य मापदण्ड अनुसार नपाइएको जनाएको हो ।

विभागका अनुसार सिद्धार्थ आयल इन्डस्ट्रिजबाट उत्पादित आयातित तोरीबाट बनेको तेलमा कैफियत देखिएको हो ।

उपभोग्य मिति ६ महिना र  ब्याच नम्बर २० रहेको उक्त तेलको उत्पादन मिति २८ फागुन २०८२ छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम विभागले उक्त ब्याचको तेल बजारबाट तत्काल फिर्ता गर्न उत्पादकलाई निर्देशन दिएको छ ।

साथै, सोही ऐनको दफा ३८ को उपदफा (४) बमोजिम उक्त तेल बिक्री वितरण नगर्न र नगराउन समेत आदेश दिइएको छ ।

विभागले प्रयोगशालामा विश्लेषण गर्दा तेलका विभिन्न प्यारामिटरहरू सरकारले तोकेको मापदण्ड अनुसार नपाइएको (न्यूनस्तर) भएकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै यो कदम चालिएको जनाएको छ ।

यससँगै अब सम्बन्धित उत्पादकले बजारमा पठाइसकेको उक्त ब्याचको सबै तेल आफ्नै खर्चमा फिर्ता गर्नुपर्ने छ भने उपभोक्तालाई पनि यस्तो तेल प्रयोग नगर्न सचेत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?