+
+
Shares

तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।
  • चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएकाले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य बढ्न गएको महासंघले जनाएको छ ।

१५ जेठ, काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ घटेको सुन आज फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज मूल्य बढेसँगै नेपाली बजारमा त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ तोलामा १७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४० रुपैयाँमा भएको छ । गत शुक्रबार चाँदी ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?