+
+
Shares

ग्यालेक्सी पब्लिक स्कुलको नयाँ प्रयोग : प्लस टु पढ्दै कमाउन सिकाउने

पहिलो १०० जनाका लागि बम्पर छात्रवृत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलले प्लस टु तहमा 'पढाइ पनि, कमाइ पनि' भन्ने नयाँ शैक्षिक अभियान शुरू गरेको छ।
  • यसै अभियान अन्तर्गत कलेजले शनिबार जेठ १६ गते आफ्नै प्राङ्गणमा 'द ग्रेट ग्यालेक्सी गला' नामक विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दैछ।
  • कार्यक्रममा भर्ना निश्चित गर्ने पहिलो १०० जना विद्यार्थीका लागि दुई वर्षको कुल शुल्क १.५० लाख रुपैयाँ मात्र तोकिएको छ।

१५ जेठ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका, उपयुक्त कलेजको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंको ज्ञानेश्वरस्थित प्रतिष्ठित ग्यालेक्सी पब्लिक स्कुलले एउटा क्रान्तिकारी शैक्षिक अवधारणा सार्वजनिक गरेको छ।

स्थापनाको ४ दशक पुग्नै लाग्दा ग्यालेक्सीले नेपालकै इतिहासमा पहिलो पटक ‘प्लस टु शिक्षामा पनि, पढाइ पनि, कमाइ पनि’ भन्ने मुख्य नारासहित नयाँ अभियान सुरु गरेको हो।

यसै अभियानको सुरुवात स्वरूप कलेजले शनिबार (जेठ १६ गते) आफ्नो प्राङ्गढमा एउटा भव्य र आधुनिक शैलीको कार्यक्रम ‘द ग्रेट ग्यालेक्सी गला’ आयोजना गर्दैछ ।

शनिबार बिहान ११ बजेदेखि सुरु हुने यस कार्यक्रम पूर्ण रूपमा नयाँ शैलीको विशेष ‘क्रिएटर मिट एन्ड ग्रिट’ कार्यक्रम हो। जहाँ विद्यार्थीले चर्चित डिजिटल क्रिएटर मनिष अधिकारी, सुवेक्षा भट्टराई, करिश्मा श्रेष्ठ तथा लोकप्रिय स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंहसँग प्रत्यक्ष भेटघाट गरी करिअरका विषयमा अन्तर्क्रिया गर्न पाउनेछन्।

साथै, कार्यक्रममा अपूर्व क्षितिज सिंहको विशेष लाइभ कमेडी समेत रहनेछ।

के हो ‘पढाइ पनि, कमाइ पनि’ अवधारणा ?

नेपालको परम्परागत शिक्षा प्रणालीमा प्लस टु पढ्ने उमेरका विद्यार्थीलाई केवल पाठ्यपुस्तक र सैद्धान्तिक ज्ञानमा मात्र सीमित राखिन्छ। तर, ग्यालेक्सी पब्लिक स्कुलले यो पुरानो ट्रेन्डलाई तोड्दै विज्ञान र व्यवस्थापन संकायको नियमित पाठ्यक्रमसँगै विद्यार्थीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने आधुनिक सिप पनि सँगै लैजाने भएको छ।

विद्यार्थीले कलेज जीवनमै आफ्नो सिर्जनशीलता र डिजिटल प्रविधिको प्रयोग गरेर वैध रूपमा आम्दानीका स्रोत पहिल्याउन सकुन् र कलेज सक्दाका बखतसम्म आत्मनिर्भर बनिसकुन् भन्ने नै यस अवधारणाको मुख्य उद्देश्य हो।

भर्ना भएपछि व्यावसायिक र प्रविधिमूलक ट्रेनिङ पूर्ण रूपमा निःशुल्क, व्यावसायिक र बजारमुखी सिपमूलक तालिम प्रदान गरिनेछ।

यी अतिरिक्त सेसन विद्यार्थीहरूको नियमित शैक्षिक क्यालेन्डर बाहिर छुट्टै विशेष कोर्सका रूपमा सञ्चालन गरिनेछन् । कलेजका अनुसार भर्ना भएका विद्यार्थीलाई निम्न प्याकेज पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइनेछ

एक हप्ताको भिजे र कन्टेन्ट क्रिएसन तालिम : विद्यार्थीलाई पब्लिक स्पिकिङ, मास मिडिया, प्रेजेन्टेसन र भिडियो निर्माणका प्राविधिक पाटोहरू सिकाइनेछ।

एक हप्ताको डिजिटल मार्केटिङ कोर्स : यस कोर्समा सोसल मिडिया एल्गोरिदम, ब्रान्ड बिल्डिङ र फ्रिलान्सिङका आधुनिक तरिकाहरू सिकाइनेछ।

भविष्यको प्रविधि बुटक्याम्प : यस अन्तर्गत विद्यार्थीलाई विश्व बजारमा अत्यधिक माग रहेको एआई र रोबोटिक्स, थ्रीडी प्रिन्टिङ र गेम डेभलपमेन्टको व्यावसायिक ज्ञान दिइनेछ।

चार दशक लामो गौरवमय इतिहास

यो आधुनिक र प्रविधिमैत्री शैक्षिक मोडेल पछाडि नेपालको शिक्षा क्षेत्रमा एउटा स्थापित र भरपर्दो इतिहास जोडिएको छ ।

सन् १९८६ (विसं २०४३) मा आदरणीय शिक्षाविद् गीता राणाद्वारा स्थापित ग्यालेक्सी पब्लिक स्कुलले विगत ३९ वर्षदेखि काठमाडौंमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

आफ्नो स्थापना कालदेखि नै विद्यार्थीको चौतर्फी विकास, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता र अत्याधुनिक पूर्वाधारका लागि कलेज अग्रणी मानिन्छ।

यस संस्थाले उत्पादन गरेका हजारौं दक्ष जनशक्तिहरू आज नेपाल र विश्वभरका विभिन्न प्रतिष्ठित उद्योग, प्रविधि र प्रशासनिक क्षेत्रहरूमा नेतृत्वदायी भूमिकामा छन्।

कलेजले सुरु गरेको यो नयाँ अभियान ग्यालेक्सीको त्यही प्रगतिशील र विद्यार्थीकेन्द्रित सिकाइको इतिहासको एउटा नयाँ र सुनौलो अध्याय भएको कलेज प्रशासनको दाबी छ।

पहिलो १०० जनाका लागि बम्पर छात्रवृत्ति, २ वर्षको कुल शुल्क १‍.५० लाख मात्र

यो भविष्यमुखी र व्यावहारिक शिक्षालाई आम विद्यार्थीको पहुँचमा पुर्‍याउन ग्यालेक्सीले अत्यन्त सुलभ र पारदर्शी शुल्क संरचना घोषणा गरेको छ। शनिबारको द ग्रेट ग्यालेक्सी गला कार्यक्रममा भर्ना सुनिश्चित गर्ने पहिलो १०० जना विद्यार्थीका लागि २ वर्षको कुल प्लस टु शुल्क (विज्ञान वा व्यवस्थापन दुवैका लागि) घटाएर मात्र १ लाख ५० हजार कायम गरिएको छ।

कलेज प्रशासनका अनुसार यस प्याकेजमा कलेजका तर्फबाट कुनै पनि लुकेको शुल्क जोडिएको छैन । उल्लेखित सबै व्यावसायिक तालिम यसै भित्र समावेश गरिएका छन्। तर, नियमअनुसार लाग्ने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा शुल्क भने विद्यार्थी आफैले छुट्टै बुझाउनु पर्नेछ।

छात्रवृत्तिको सिट संख्या १०० मा मात्र सीमित भएको र माग अत्यधिक रहेकाले, इच्छुक विद्यार्थी तथा अभिभावकले ग्यालेक्सी कलेज तथा आमन्त्रित इन्फ्लुएन्सरहरूको सोसल मिडिया प्रोफाइलमा राखिएको लिंक क्लिक गरी तुरुन्तै आफ्नो सिट अनलाइन बुक गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?