+
+
Shares

गणतन्त्रलाई अझ सुदृढ बनाउनुपर्छ : प्रदेश प्रमुख देवकोटा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नागरिकको सहज पहुँच र प्रतिफलको समन्यायिक वितरणले गणतन्त्र सुदृढ हुने बताउनुभयो ।
  • ललितपुरका पत्रकार महासङ्घ अध्यक्ष रामहरी कार्कीसहित चार पत्रकारलाई जनही ५० हजार रुपैयाँको 'प्रदेश संस्थागत विकास पत्रकारिता' पुरस्कार प्रदान गरियो ।

१५ जेठ, हेटौंडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले नै गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश गणतन्त्र मूलसमारोह समितिद्वारा आज आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट मुलुकको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।

गणतन्त्र दिवसले सबैलाई आपसी सद्भाव, भ्रातृत्व र एकताको सूत्रमा बाँध्न थप ऊर्जा र प्रेरणा मिलोस् भनी कामना गर्दै प्रदेश प्रमुख देवकोटाले गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष रामहरी कार्की तथा पत्रकार पोष्टराज अधिकारी, सुनिता विष्ट र युवराज श्रेष्ठलाई जनही रु ५० हजार नगदसहित ‘प्रदेश संस्थागत विकास पत्रकारिता’ पुरस्कार प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?