+
+
Shares

जाजरकोटमा बन्यो जलवायु–अनुकूल स्वास्थ्य संस्था

उक्त पहलले नेपालका अत्यधिक जोखिममा रहेका समुदायहरूमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापान सरकार र युएनएफपीएको सहयोगमा जाजरकोटको भेरी नगरपालिकामा स्तरोन्नति गरिएको भुर स्वास्थ्य चौकीको बिहीबार संयुक्त रूपमा उद्घाटन गरिएको छ ।
  • यो परियोजनाले जाजरकोट र रौतहट जिल्लामा जलवायुजन्य जोखिमको सामना गर्दै मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।
  • "यो स्वास्थ्य चौकी पुनःनिर्माण गरिएको एउटा भवन मात्र होइन," युएनएफपीए नेपालका कार्यवाहक प्रतिनिधि श्रीराम हरिदासले बताए ।

१५ जेठ, काठमाडौं । जाजरकोट जिल्लाको भेरी नगरपालिकामा भुर स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । नेपाल सरकार, युएनएफपीए र जापानी राजदूतावासले बिहीबार संयुक्त रूपमा स्तरोन्नति गरिएको भुर स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रम जापान सरकारको आर्थिक सहयोग तथा युएनएफपीए को कार्यान्वयनमा सञ्चालित ’नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजना अन्तर्गत आयोजना गरिएको हो।

उक्त पहलले नेपालका अत्यधिक जोखिममा रहेका समुदायहरूमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

यस परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको भौतिक मर्मत सम्भार, आवश्यक उपकरणहरूको सुनिश्चितता तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गरिएको छ । जसले जलवायु–अनुकूल प्राथमिक स्वास्थ्य सेवाको लागि एउटा उत्कृष्ट नमूना प्रस्तुत गर्दछ ।

यस परियोजनाले विशेष गरी जाजरकोट र रौतहट जिल्लामा विद्यमान स्वास्थ्य सेवाका गम्भीर अभावहरूलाई सम्बोधन गर्दछ । जहाँ गर्भवती महिला र नवजात शिशुहरूलाई सेवा दिने स्वास्थ्य संस्थाहरू पहिरोदेखि शीतलहर जस्ता प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको उच्च जोखिममा छन्।

प्राकृतिक विपद् र जलवायुजन्य जोखिमको सामना गर्दै अत्यावश्यक मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई बिनाकुनै अवरोध निरन्तरता दिन सकियोस् भन्ने उद्देश्यका साथ यस परियोजना अन्तर्गत सुदृढ पारिंदै गरेका १० वटा नमूना स्वास्थ्य संस्थाहरूमध्ये यो एक हो।

परियोजनाले आगामी दिनमा आउन सक्ने आपतकालीन अवस्थाको पूर्वतयारी र आवश्यक सामग्रीको उचित भण्डारणका लागि ’मेडिकल क्याम्प किट’ (चिकित्सा शिविर सामग्री) सहित अत्यावश्यक चिकित्सा उपकरण र जीवनरक्षक सामग्रीको व्यवस्थापनमा समेत सहयोग गरेको छ।

यसका साथै, स्थानीय तहमा जलवायु अनुकूल सञ्चालन व्यवस्थापन र सेवा प्रवाहलाई सुदृढ बनाउन स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका लागि जलवायु अनुकूलन निर्देशिकाहरू समेत विकास गरिएका छन्।

विशेष समारोहमा उक्त स्वास्थ्य संस्थालाई अत्यावश्यक चिकित्सा उपकरणहरू औपचारिकरूपमा हस्तान्तरण गरिनुका साथै यस कार्यक्रमबाट लाभान्वित भएका अन्य चारवटा स्वास्थ्य संस्थाहरू, धीमे स्वास्थ्य चौकी, साक्ला स्वास्थ्य चौकी, लिम्सा आधारभूत अस्पताल र भगवती स्वास्थ्य चौकीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

’यो स्वास्थ्य चौकी पुनःनिर्माण गरिएको एउटा भवन मात्र होइन,’ युएनएफपीए नेपालका कार्यवाहक प्रतिनिधि श्रीराम हरिदासले भने, ’यो तथ्य, लगानी र सरकारी सहयोग एक ठाउँमा आउँदा के कस्ता कामहरू सम्भव हुन्छन् भन्ने कुराको प्रत्यक्ष उदाहरण हो। नेपालका महिलाहरू बाढी, विपद् र संकटका बेला पनि सुरक्षित, पूर्ण रूपमा सञ्चालित र सहज रूपमा पहुँचयोग्य स्वास्थ्य संस्थाहरू पाउन योग्य छन्।’

परियोजनाको अर्को महत्वपूर्ण उपलब्धि भनेको स्थानीय तथा प्रादेशिक तहमा दिगो योजना तर्जुमा र बजेट व्यवस्थापनलाई सहयोग पुर्याउन स्वास्थ्य संस्थाहरूको वस्तुस्थिति मूल्याङ्कन, नीतिगत विश्लेषण र जलवायु अनुकूलनका लागि लागत अनुमान सहितको स्वास्थ्य कार्ययोजना जस्ता नयाँ तथ्य तथा प्रमाणहरू संकलन गरेको हो।

आजै आयोजित बमखयअबअथ धयचपकजयउ (पैरवी कार्यशाला) ले नीति निर्माता, स्वास्थ्य प्रणालीका प्रबन्धक र समुदायका प्रतिनिधिहरूलाई एक ठाउँमा ल्याई यी निष्कर्षहरू र कर्णाली प्रदेशले आगामी दिनमा जलवायु-अनुकूल स्वास्थ्य सेवालाई कसरी प्राथमिकता दिनुपर् भन्ने विषयमा वृहत छलफल गरेको छ।

कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिकाको हरेक विकास योजनामा जलवायु अनुकूलनलाई अनिवार्य रूपमा समावेश गर्ने प्रतिबद्धतामा जोड दिए ।

नेपालस्थित जापानी राजदूतावासका मिसन उपप्रमुख शिन्तो यासुहारुले नेपालका सबैभन्दा जोखिमपूर्ण समुदायहरूको संरक्षण गर्ने नेपालको प्रयासमा जापानको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।

यस परियोजनाबाट प्राप्त सिकाइ र नमूनाहरूले परियोजना लागू भएका जिल्लाहरूभन्दा बाहिर पनि दीर्घकालीन र स्थायी प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

यस विशेष समारोहमा एक अन्तरक्रिया सत्र समेत आयोजना गरिएको थियो, जहाँ स्वास्थ्यकर्मी, आमाहरू रसमुदायका सदस्यहरूले विपद् र आपत्कालीन समयमा मातृ स्वास्थ्य सेवा लिँदा/दिँदाका आफ्ना वास्तविक अनुभवहरू साटासाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?