+
+
Shares

सरकारले १५ जना एआईविद्लाई फेलोसिप दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:०८

१५ जेठ, काठमाडौं । सरकारले मुलुकलाई आत्मविश्वासका साथ एआईको युगमा प्रवेश गराउन विशेष पहल सुरु गर्ने जनाएको छ ।

यसको लागि काठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र स्थापना गर्ने योजना सरकारको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरि एआई उद्यमी र स्टार्टअपलाई सहुलियपूर्ण कम्प्युटर क्षमता उपलब्ध गराउने बताएका हुन् ।

त्यस्तै, स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युटर सेवामा रूपान्तरण गर्ने रणनीतिसमेत सरकारको रहेको उनले बताए ।

बजेट भाषणमा अर्थमन्त्री वाग्लेले नेपालको विद्यमान ऊर्जाशक्तिलाई एआईको विकासमा प्रयोग गरि सीपयुक्त रोजगारी, डिजिटल निर्यात, एआईमा आधारित आर्थिक रुपान्तरणको जग निर्माण हुने विश्वास रहेको बताएका हुन् ।

यस्तै एआईको क्षेत्रमा अन्तराष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा १५ जना नेपाली सोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्ने योजना पनि अर्थमन्त्री वाग्लेले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?