+
+
Shares

करेन्ट लगेर एक किसानको मृत्यु

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ जेठ १६ गते १४:४६

सप्तरी १६ जेठ । सप्तरीको हनुमाननगर कंकलिनी नगरपालिका-१ कोशी बाँध नजिक खेतमा शनिबार एक किसानको करेन्ट लागेर मृत्यु भएको छ ।

५५ वर्षीय सहदेव लौगीको करेन्ट लागेर मृत्यु भएको हो ।

कोशी बाँधबाट डेढ किलाेमिटर पूर्वमा रहेको स्थानीय तिरपित नारायण झाको खेतमा बिहान  साढे ६ बजेको समयमा पानि तान्ने मोटर लगाउने क्रममा अचानक मोटरबाट करेन्ट लागेर लौगीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक लौगीको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?