+
+
Shares

बजेट सानो हो, महत्त्वाकांक्षी होइन : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सानो आकारको रहेको र यो महत्वाकांक्षी नभएको दाबी गरे ।
  • प्रक्षेपित कुल गार्हस्थ उत्पादनको २८.५ प्रतिशत बराबर मात्र बजेटको आकार रहेकाले यो सानो रहेको उनले उल्लेख गरे ।
  • हाल मुलुकको कुल ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको जानकारी अर्थमन्त्री वाग्लेले दिए ।

१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सानो आकारको रहेको र महत्त्वाकांक्षी नभएको दाबी गरेका छन् ।

बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वाञ्छित सीमाभित्र नै बजेट आएको दाबी गरे । बजेटलाई कुल गार्हस्थ उत्पादन अनुपातसँग तुलना गरेर हेर्नुपर्ने उनले बताए ।

विगतमा कुल गार्हस्थ उत्पादनका आधारमा ३७ प्रतिशत बराबरसम्मको बजेट आकार आएको उल्लेख गर्दै उनले यो पटक प्रक्षेपित बजेटको २८.५ प्रतिशत हाराहारी मात्रै बजेटको आकार रहेको उल्लेख गरे ।

‘अहिले जुन हल्ला फैलिएको छ कि बजेट ठूलो आयो, होइन बजेट सानो हो, प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्बको सापेक्षतामा २८.५ प्रतिशत बराबर बजेट आएको छ’ उनले भने । भूकम्पपछिका बजेट जीडीको ३० प्रतिशतमाथि आउने गरेकोमा अहिले त्यो ट्रेन्ड भत्काइएको उनले बताए । राज्यको क्षमता अनुकूलतामा बजेट आएको उनको दाबी छ ।

अहिले मुलुकको ऋण आकार जीडीपीको ४३ प्रतिशत हाराहारी रहेको उल्लेख गर्दै उनले यो पटक ४ खर्ब १० अर्ब आन्तरिक ऋण र २ खर्ब ४७ अर्ब वाह्य ऋणको लक्ष्य लिइएको बताए । यो ऋण पहिले लिएको ऋण तिर्नमा समेत खर्च हुने गरेको उनले बताए । हालसम्म ऋणको आकार २९ खर्ब ७५ अर्ब रहेको वाग्लेले जानकारी दिए ।

राजस्व संकलनको लक्ष्य १५ खर्ब ८० अर्ब रहेको उल्लेख गर्दै उनले राजस्वका सवालमा केही महत्त्वाकांक्षी लक्ष्य रहेको स्वीकारे । विगतका वर्षमा ८/९ प्रतिशत हाराहारीका दरले मात्रै राजस्व वृद्धि भइरहेको सन्दर्भमा अहिले २० प्रतिशत वृद्धिको लक्ष्य लिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?