+
+
Shares

राप्रपा छोडेर धवलशमशेरले घोषणा गरे नयाँ अभियान

उनले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाका नेता धवलशमशेर राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्न नयाँ अभियानको घोषणा गरेका छन्।
  • काठमाडौंको एक होटलमा असन्तुष्ट नेताहरूसँगको छलफलपछि राणाले नयाँ अभियानमा सहभागी हुन राष्ट्रवादी र युवा पुस्तालाई आह्वान गरेका छन्।
  • राप्रपालाई विगत चार वर्षमा जनभावनाअनुकूल अघि बढाउने प्रयास सफल नभएको राणाले विज्ञप्तिमार्फत स्वीकार गरेका छन्।

१७ जेठ, काठमाडौं । राप्रपाका नेता धवलशमशेर राणाले नयाँ अभियानको घोषणा गरेका छन् । आइतबार दिउँसो राप्रपाका असन्तुष्ट नेताहरू काठमाडौंको एक होटलमा छलफलमा जुटेका थिए ।

छलफलपछि राणाले एक विज्ञप्ति जारी गरेका छन् । जहाँ उनले राप्रपाको आफ्नो पदबारे केही उल्लेख गरेका छैनन् ।

उनले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

साथै, यही नयाँ अभियानमा सहभागी हुन पनि उनले आह्वान गरेका छन् ।

‘देशलाई माया गर्ने, देशको समृद्धी चाहने आम राष्ट्रवादी मित्रहरु लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु,’ राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भए पनि त्यो सफल नभएको उनको स्वीकारोक्ति छ ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्‍यौं । तर, विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो,’ राणाले भनेका छन्, ‘राप्रपामा आवद्ध साथीहरूलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन । होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर, हाम्रा मान्यताहरुलाई सही लक्ष्य दिने चाहना हो भने, एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरुलाई हार्दिक आह्वान गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?