+
+
Shares

बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने विश्वास छ : अध्यक्ष पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नयाँ बजेटले निजी क्षेत्रको मनोबल बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।
  • उनले सरकारले २६० वस्तुमा हटाएको अन्तःशुल्क र आयकर ऐनको संशोधन स्वागतयोग्य भएको बताए ।
  • अध्यक्ष पाण्डेले आयातित वस्तुको गुणस्तर मापदण्ड र कोल्ड स्टोरेज जस्ता केही विषय बजेटमा सम्बोधन हुन नसकेको गुनासो गरे ।

१८ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउनेगरी आएको बताएका हुन् ।

अध्यक्ष पाण्डेले पछिल्ला वर्ष नेपालमा उपभोग्य वस्तुको माग घटेको समयमा अर्थतन्त्र चलायमान हुनेगरी बजेट आएको बताए ।

‘निजी क्षेत्रको मनोबल बढाउने, अर्थतन्त्रलाई चलायमान बनाउनेगरी आएको छ,’ उनले भने, ‘अहिले बजारमा माग बढ्न नसकेकोमा बजेट कार्यक्रमले यसलाई सम्बोधन गर्ने देखिन्छ ।’

सरकारले २६० वस्तुमा हटाएको अन्तःशुल्कले कष्ट अफ बिजनेश घटाउने बताए । उद्योग परिसंघले माग गर्दै आएको आयकर ऐनको दफा ५७ संशोधन स्वागतयोग्य भएको उनले बताए ।

‘कर विवाद समाधान, लगानी सम्बन्धी दजानौं कानुन संशोधनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने छ,’ उनले भने, ‘मोतिपुर र मयुरधाम जस्ता औद्योगिक क्षेत्र निर्माण निजी क्षेत्रलाई दिने विषय आएको छ, जुन हामीले मागेकै विषय हो ।’

सरकारले बजेटमार्फत वन, खानी र प्राकृतिमा आधारित उद्योग बढाउने नीतिले उत्पादनमूलक उद्योग थपिन सहयोग पुग्ने विश्वास उनले गरे ।

बजेटले निजी क्षेत्रका धेरै विषय सम्बोधन गरेपनि केही माग सम्बोधन नभएको बताए । उनले भारत लगायतका देशबाट आयातित वस्तुमा गुणस्तर मापदण्ड लागु गर्नुपर्ने माग गरेपनि बजेटमा उल्लेख नभएको बताए ।

डेटा माइनिङ लगायत प्राविधि उद्योगको विषयमा बजेट अझै स्पष्ट नभएको बताए । परिसंघले कृषि क्षेत्रको विकासका लागि कोल्ड स्टोरेज, बजारीकरणको लागि चेन निर्माण सम्बन्धी थप कार्यक्रम अपेक्षा गरेको बताए । उनले निजी क्षेत्र बजेट प्रभावकारी कार्यन्वयन गर्नको लागि सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?