News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिका विषयमा धारणा बनाउन सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।
- प्रधानमन्त्री शाहले संसद्मा 'भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ' भन्नुभएको थियो ।
- विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका छन् ।
१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बसिरहेको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिए ।
‘प्रधानमन्त्रीको अभिव्यक्ति र समसामयिक विषयमा छलफल गर्ने गरी सर्वदलीय बैठक बसेको हो,’ राईले अनलाइनखबरसँग भने ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
यस्तो अभिव्यक्तिका साथ उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए ।
यस्तो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदीय अखिलेखबाटै हटाउन माग गरेका छन् ।
प्रतिक्रिया 4