+
+
Shares

निरुता र उत्तमले म्याग्दीको गुर्जामा टुंग्याए ‘सारथी’ छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको आगामी फिल्म ‘सारथी’को म्याग्दीको गुर्जा खानी क्षेत्रमा छायांकन सम्पन्न भएको छ ।
  • निर्देशक कुमार गजुरेलका अनुसार फिल्मको बाँकी छायांकन काठमाडौंमा गरिनेछ र चाँडै नै प्रदर्शन मिति घोषणा हुनेछ ।
  • यस फिल्ममार्फत लामो समयपछि अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह ठूलो पर्दामा सँगै फर्किंदैछन् ।

काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहले आगामी फिल्म ‘सारथी’को छायांकन टुंगाएका छन् । म्याग्दीको हिमाली गाउँ गुर्जा खानी क्षेत्रमा फिल्म छायांकन गरिएको हो ।

निर्देशक कुमार गजुरेलका अनुसार बाँकी छायांकन काठमाडौं क्षेत्रमा हुन् । उनका अनुसार, छायांकन सकिएसँगै सम्पादन कार्य धमाधम सुरु हुनेछ । चाँडै प्रदर्शन मिति घोषणा हुने जनाइएको छ ।

म्याग्दीको प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा छायांकन सम्पन्न गरी निर्माण टिम काठमाडौं फर्किदा उत्साहित देखिएको हो । यो फिल्मबाट लामो समयपछि निरुता र उत्तम ठूलो पर्दामा फर्किदैंछन् ।

दुई पाका कलाकार एकसाथ फर्किने भएपछि दर्शकमाझ चासो पनि छ । सामाजिक कथावस्तुमा आधारित फिल्मले गुर्जाको मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा-माटोले बनेका घर, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा उतारेको छ ।

निर्देशक गजुरेलका अनुसार फिल्मले गुर्जा क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नेछ ।

फिल्ममा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कँडेल र धिरेन मोक्तानको अभिनय छ ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्य रहेको फिल्मका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् । धीरज तामाङ र बेकबहादुर विश्वकर्मा सहनिर्माता तथा प्रदिप रायमाझी र दीप श्रेष्ठ कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?