+
+
Shares

प्रेसिडेन्सियल ग्राजुएट स्कुलको १० औं दीक्षान्त समारोह, ३१५ विद्यार्थी दीक्षित 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रेसिडेन्सियल ग्राजुएट स्कुलको १०औं दीक्षान्त समारोहमा विभिन्न विधाका ३१५ विद्यार्थी दीक्षित भएका छन् ।
  • समारोहमा यस वर्षको उत्कृष्ट ‘प्रेसिडेन्ट्स अवार्ड’ बीएसआईटीका विद्यार्थी आर्यन श्रेष्ठलाई प्रदान गरियो ।
  • कलेजकी प्राचार्य कल्पना गुरुङले ग्य्राजुएट हुनु सिकाइको अन्त्य नभई नयाँ यात्राको सुरुवात भएको बताइन् ।

१८ जेठ, काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त तथा वाक्स सिनियर कलेज एन्ड युनिभर्सिटी कमिसन (डब्लूएससीयूसी) बाट एक्रिडिटेड प्रेसिडेन्सियल ग्राजुएट स्कुल (पीजीएस) ले १० औं दीक्षान्त समारोह मनाएको छ ।

जेठ १६ गते काठमाडौंमा आयोजित समारोहमा बीबीए, एमबीए, बीएसआईटी र एमएसआईटीको अध्ययन पूरा गरेका  ३१५ विद्यार्थी दीक्षित भएका छन् ।  यस वर्षको दीक्षान्त समारोह उद्घाटन वेस्टक्लिफ युनिभर्सिटीका चिफ एकेडेमिक अफिसर तथा शैक्षिक मामिलाका उपाध्यक्ष डा‍‍. यिङ इभर्सन र प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक तथा कार्यकारी अध्यक्ष लक्ष्मण केसीले संयुक्त रूपमा गरेका थिए ।

यसका साथै इभर्सन र केसीले एमबीए, एमएसआईटी, बीबीए र बीएसआईटीका विद्यार्थीलाई दीक्षित गरे । प्रेसिडेन्सियल ग्राजुएट स्कुलकी निर्देशक तथा प्राचार्य कल्पना गुरुङले समारोहमा दीक्षित विद्यार्थीलाई बधाई दिँदै ग्य्राजुएट हुनु भनेको सिकाइको अन्त्य नभई नयाँ यात्राको सुरुवात रहेको बताइन् ।

विश्व तीव्र गतिमा नवप्रवर्तन, प्रविधि, उद्यमशीलता र विश्वव्यापी सहकार्यका माध्यमबाट परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले नेपाल पनि नयाँ अवसर र रूपान्तरणको चरणमा प्रवेश गरिरहेको बताइन् ।  विद्यार्थीहरूलाई दक्ष, नैतिक र दूरदर्शी नेतृत्वकर्ताका रूपमा विकसित हुन प्रेरित गर्दै उनले व्यक्तिगत सफलतासँगै राष्ट्रको विकासमा पनि योगदान दिन आग्रह गरिन् ।

समारोह कलेजका संस्थापक तथा कार्यकारी अध्यक्ष लक्ष्मण केसीले अब ज्ञान, व्यवस्थापन र सूचना प्रविधि क्षेत्रका सिद्धान्त तथा ग्य्राजुएटमा मात्रै सीमित नभई व्यवस्थापकीय एवम् नेतृत्वदायी क्षमता, वित्तीय कौशल, रणनीतिक निर्माण, संगठनात्मक संरचना निर्माण एवम् त्यसको प्रभावकारी सञ्चालन क्षमताको जरुरत पर्ने बताए ।

यस वर्षको शैक्षिक उत्कृष्टता र कलेज तथा समाजमा पुर्‍याएको योगदानका आधारमा उत्कृष्ट  विद्यार्थीलाई प्रदान गरिने ‘प्रेसिडेन्ट्स अवार्ड’ बीएसआईटी प्रोग्रामका विद्यार्थी आर्यन श्रेष्ठलाई प्रदान गरिएको थियो ।

साथै, एमबीए प्रोग्रामतर्फ मनोज ढुंगेल र विशाल अर्याल, एमएसआईटीतर्फ सुशील तिवारी र सुष्मिता श्रेष्ठ, बीबीएतर्फ विद्यासागर श्रेष्ठ र दिनेश पाठक, बीएसआईटीतर्फ प्राप्ति रिजाल र सरु खतिवडालाई यस वर्षको उत्कृष्ट विद्यार्थीका रुपमा अवार्ड प्रदान गरिएको थियो ।

वेस्टक्लिफ युनिभर्सिटीका चिफ एकेडेमिक अफिसर तथा शैक्षिक मामिलाका उपाध्यक्ष डा. यिङ इभर्सनले विद्यार्थीलाई सिकाइ निरन्तरता दिन, मेहनत गर्ने बानी बसाल्न र सकारात्मक सोचको विकास गर्न आग्रह गरे ।

समारोहमा वेस्टक्लिफ युनिभर्सिटीका प्रतिनिधिहरू—ग्लोबल इन्गेजमेन्टका कार्यक्रम अध्यक्ष (प्रोग्राम चेयर) डा‍. मार्को निनो, स्टुडेन्ट एक्सपिरियन्सका उपाध्यक्ष रेवेका जोन्स, स्ट्राटेजिक इन्रोलमेन्टका उपाध्यक्ष जस्टिन हर्नान्डेजको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?