+
+
Shares

प्रधानमन्त्रीको बोलीले स्वाभिमानी नेपालीको शिर निहुरियो : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति राष्ट्रिय सभामा लज्जाबोध भएको बताइन् ।
  • सांसद झाँक्रीले ‘हामीलाई लज्जाबोध भएको छ । यस्तो प्रधानमन्त्रीले नेपालको स्वाभिमान, नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई रक्षा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ’ भनिन् ।
  • प्रधानमन्त्री बालेनले आइतबार प्रतिनिधिसभाको बैठकमा नेपाल र भारतले एकअर्काको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए ।

१८ जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारेको अभिव्यक्तिले स्वाभिमानी नेपालीको शिर निहुरिएको बताएको छ ।

सोमबार राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको अभिव्यक्तिले लज्जाबोध भएको बताइन् ।

‘हामीलाई लज्जाबोध भएको छ । यस्तो प्रधानमन्त्रीले नेपालको स्वाभिमान, नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई रक्षा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ,’ उनले भनिन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ-भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यसको विरोध गर्दै एमालेले प्रधानमन्त्रीसँग जवाफ मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?