+
+
Shares

आरेन राईले भने- प्रधानमन्त्रीलाई प्रश्न गरेकोमा आफैंप्रति लज्जा भयो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै माफी माग्नुपर्ने माग गरेका छन् ।
  • सांसद राईले प्रधानमन्त्रीको जवाफ कमजोर र तथ्यहीन भएको आरोप लगाउँदै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।
  • माग पूरा नभएसम्म संसद् चल्न नदिने चेतावनी सांसद राईले दिएका छन् ।

१८ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिबाट आफू लज्जित हुनु परेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा राईले प्रधानमन्त्रीबाट यति कमजोर जवाफको अपेक्षा गरेर प्रश्न नगरेको बताए ।

‘मलाई हाम्रो प्रधानमन्त्रीज्यूले यति कमजोर, मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्न सोध्थिनँ,’ राईले भने, ‘आज मलाई आफैंलाई लज्जास्पद अनुभूति भइरहेको छ ।’

राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउँदै माफी माग्नुपर्ने माग गरे । आफ्नो पार्टी देश बचाउने सर्तमा आएकाले माग पूरा नभएसम्म संसद् चल्न नदिने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?