+
+
Shares

संसदमा सभामुख र सांसदबीचको दुरी बढाइयो, हटाइयो कुर्सीका दुई लहर

संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीका अनुसार फ्लोरको अघिल्लो लहरका ‘दुई रो’ हटाइएको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ जेठ १८ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभा बैठक कक्षमा सभामुखको आसन र सांसदहरू बस्ने लहरबीचको दूरी बढाउन अघिल्ला दुई लहरका कुर्सी हटाइएको छ ।
  • आइतबारको बैठकमा सांसदहरू सभामुखको आसनसम्मै पुगेर विरोध गरेपछि संसद् सचिवालयले दूरी बढाउने कदम चालेको हो ।
  • प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियामा विवाद भएपछि सभामुखले मर्यादापालकको घेराभित्र रहेर सदन चलाएका थिए ।

१८ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक कक्षमा सभामुख र सांसदहरुबीचको दुरी बढाइएको छ । आइतबार सांसदहरु सभामुखको आसनसम्मै पुगेर अवरोध गरेपछि सचिवालयले सभामुखको आसन र फ्लोरबीचको दुरी बढाएको हो ।

संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीका अनुसार फ्लोरको अघिल्लो लहरका ‘दुई रो’ हटाइएको छ ।

हिजो प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियामा विपक्षीले प्रश्न उठाएपछि तनाव भएको थियो ।

सभामुख डिपी अर्यालले पारितको प्रक्रियामा अघि बढिसकेको हुनाले विपक्षीले माग गरेजस्तो संसदीय समितिमा पठाउन नसकिने अडान लिएका थिए । विपक्षी दलहरुले भने थप छलफल हुनुपर्ने माग गरेर वेल घेराउ र नाराबाजी गरेका थिए ।

यसक्रममा भएको घम्साघम्सी र असहज वातावरणका कारण मर्यादापालकको घेरामा बसेर सभामुखले सदन चलाएका थिए ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?