+
+
Shares

राष्ट्रपति रनिङ सिल्ड बुधबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि शुरू हुने भएको छ ।
  • प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी हुने र ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
  • काठमाडौंका विभिन्न खेलस्थलमा सञ्चालन हुने उक्त प्रतियोगिता आगामी शुक्रबार सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

१८ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६ खेलाडी सहभागी हुने छन् । विभिन्न ६ खेल समावेश प्रतियोगितामा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा समान २–२ तथा कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्णका प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते कीर्तिपुरस्थित कभर्डहल, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा खेलाइने छ ।

प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद्, बागमती, नेपालय इन्टरनेसनल प्रालि र केआईइसीको सहयोग रहेको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका सचिव मिनकुमार शर्माले जनाएका छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?