+
+
Shares

आफूलाई सिन्धुली-१ को सांसद बताउने लोकबहादुर पक्राउ

आफू सांसद हुँ भन्दै ट्राफिक प्रहरीसहितलाई अनुचित दबाब दिने व्यक्ति पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आफूलाई सांसद धनेन्द्र कार्की दाबी गर्दै प्रहरीलाई दबाब दिने सिन्धुलीका लोकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ परेका तामाङविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ७ दिनको म्याद दिएको छ ।

१८ जेठ, काठमाडौं । आफू सांसद हुँ भन्दै ट्राफिक प्रहरीसहितलाई अनुचित दबाब दिने व्यक्ति पक्राउ परेका छन् ।

आफूलाई सिन्धुली क्षेत्र नम्बर १ को प्रतिनिधिसभाच सदस्य धनेन्द्र कार्की बताउँदै ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिलाई फोनमार्फत दबाब दिने, कामकारबाहीमा अनुचित प्रभाव पार्ख खोज्ने सिन्धुली कमलामाई नगरपालिका-७ माझिटारका लोकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक उज्वल कार्कीका अनुसार जेठ १४ गते पक्राउ परेका उनलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?