१९ जेठ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिको नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटी गठन भएको छ ।
मंगलबार बसेको केयूको सभाले शिक्षामन्त्री सस्मित पोखरेको संयोजकत्वमा कमिटी गठन गरेको हो ।
एक सिनेट सदस्यका अनुसार सदस्यमा केयूका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य सर्च कमिटीको सदस्य रहेका छन् । सर्च कमिटीले मापदण्ड बनाएर उपकुलपति छनोटको प्रक्रिया अगाडि बढाउने छ ।
अध्यादेशबाट विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4