+
+
Shares

सुदूरपश्चिममा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्छ : दिवानसिंह विष्ट

प्रदेश सभा सदस्य दिवानसिंह विष्टले सुदूरपश्चिमा नयाँ सरकार बनाउनकै लागि संसदीय दलको नेता हटाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

जनक विष्ट जनक विष्ट
२०८३ जेठ १९ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन बहुमत प्रदेशसभा सदस्यहरूले हस्ताक्षर जुटाएका छन् ।
  • नयाँ सरकार गठनका लागि संसदीय दलको नेता परिवर्तन गर्न लागिएको प्रदेशसभा सदस्य दिवानसिंह विष्टले बताए ।
  • संसदीय दलको नेता परिवर्तन गर्ने निर्णयका लागि आयोजित बैठकमा ९ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।

१९ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेस संसदीय दलको नेताबाट हटाउनका लागि बहुमत प्रदेशसभा सदस्यहरूले हस्ताक्षर जुटाएका छन् ।

उक्त निर्णयका लागि बैठकको अध्यक्षता ज्येष्ठ सदस्य मानबहादुर रावलले गरेका थिए ।

प्रदेश सभा सदस्य दिवानसिंह विष्टले सुदूरपश्चिमा नयाँ सरकार बनाउनकै लागि संसदीय दलको नेता हटाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘दलको नेता चेन्ज सरकार फेर्नकै लागि भएको हो,’ उनले भने ।

उनका अनुसार, प्रदेश र केन्द्रमा पनि यो निर्णयबारे जानकारी भइसकेको छ । साथै, अब बन्ने सरकार पनि कांग्रेसकै नेतृत्वमा हुने उनको दाबी छ ।

‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ । यही गठबन्धन सातै प्रदेशमा यही छ । पार्टीले बीचमा केन्द्रसँग के के सल्लाह हुन्छ अनि टुंगोमा पुग्छौं,’ उनले भने ।

पार्टीको विधान अनुसार नै प्रदेशसभामा रहेकामध्ये बहुमत सदस्यले हस्ताक्षर जुटाएर बुझाइएको उनले बताए ।

बैठकमा ९ जना प्रदेश सभा सदस्यको उपस्थिति थिए । प्रदेशसभा सदस्यविष्टसहित पदमबहादुर शाही, गिताकुमारी चौधरी,तुलसी देवकोटा, डम्मरी महरा, बेलबहादुर रानामगर, मानबहादुर रावल, ललिता सुनार र जुनाकुमारी दानीले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरकर्ता सांसदले कुनै हस्तक्षेप र दबाब बिना राजीखुसी दस्तखस्त गरेको निर्णयमा लेखिएको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?