+
+
Shares

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा माइतीघरमा नेकपाको प्रदर्शन (तस्वीरहरू)

नेकपाका भातृ संगठनहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ जेठ २१ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका भातृ संगठनहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
  • प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको १७ जेठको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए ।

२१ जेठ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का भातृ संगठनहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

नेकपाका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा उनीहरूले बिहीबार प्रदर्शन गरेका हुन् ।

देशको सार्वभौमिकताको रक्षाका लागि भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय अखण्डताको रक्षा गरौं, सीमाबारे गलत बोल्न पाइँदैन, झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगायतका प्लेकार्ड र ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभाको १७ जेठको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?