News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशका पाँच जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ ।
- राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ ।
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी ७ देखि ९ असारसम्म चितवनमा हुँदैछ ।
२४ जेठ, बुटवल । लुम्बिनी प्रदेशका पाँच जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् ।
जस अनुसार दाङमा किरण खनाल, रोल्पामा बलराम थापा, बर्दियामा शान्ता बुढा क्षेत्री, गुल्मीमा हरिप्रसाद श्रेष्ठ र पाल्पामा विष्णुप्रसाद भण्डारी सभापति चयन भएका छन् ।
रास्वपा प्रदेश उपसभापति शालिकराम घिमिरेका अनुसार रोल्पा र पाल्पामा सहमतिका आधारमा र अन्य जिल्लामा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।
बाँकी ६ जिल्लाको नेतृत्व चयनको नतिजा भोलि बिहानसम्म आइपुग्ने घिमिरेले बताए ।
रुकुम पूर्वमा भने अधिवेशन हुने नहुने अझै निश्चित नभएको प्रदेश उपसभापति घिमिरेले बताए ।
रुपन्देही, अर्घाखाँची र प्युठानमा आज अधिवेशन हुँदैछ ।
शनिबार अधिवेशन भएका जिल्लाहरूमध्ये केही जिल्लाको नेतृत्व चयनका लागि आज निर्वाचन हुने घिमिरेले बताए ।
रुपन्देहीको अधिवेशनमा हालमा उपसभापति आशिष न्यौपाने र प्रदेश सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख महेन्द्र उपाध्यायले सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
२६ जेठदेखि रास्वपाको प्रदेश अधिवेशन प्रारम्भ हुनेछ । राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । अन्य १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवशेनपछि हुनेछ ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी ७ देखि ९ असारसम्म चितवनमा हुँदैछ ।
प्रतिक्रिया 4