News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एयरलाइन्स कर्पोरेसनका अनिल घिमिरे अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन ‘बार्न’ को अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
- बार्नको ३० र ३१औं साधारणसभाले घिमिरेको नेतृत्वमा सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
- नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा भोलाविक्रम थापा, द्वितीय उपाध्यक्षमा अवित श्रेष्ठ, महासचिवमा सरिक बोगटी र कोषाध्यक्षमा नवराज शाही चयन भएका छन् ।
२४ जेठ, काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन ‘बोर्ड अफ एयरलाइन्स रिप्रिजेन्टेटिभ्स इन नेपाल’ (बार्न) अध्यक्षमा नेपाल एयरलाइन्स कर्पोरेसनका अनिल घिमिरे चुनिएका छन् ।
बार्नको ३० र ३१औं वार्षिक साधारणसभाले घिमिरेको नेतृत्वमा सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
‘रेजिलियन्ट स्काइज, सेयर्ड भिजन’ भन्ने नारासाथ सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गर्र्दै संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।
संस्थाको प्रथम उपाध्यक्षमा भोलाविक्रम थापा (इन्डिगो एयरलाइन्स), द्वितीय उपाध्यक्ष अवित श्रेष्ठ (एओसी–एन), महासचिव सरिक बोगटी (कतार एयरवेज) र कोषाध्यक्ष नवराज शाही (फ्लाई दुबई) चयन भएका छन् ।
कार्यसमितिमा सेर्कान बसार (टर्किस एयरलाइन्स), जुनु मलेकु (क्याथे प्यासिफिक), धिरजचन्द्र श्रेष्ठ (चाइना साउदर्न), सन्तोषविक्रम राणा (थाई एयरवेज), तृप्ति क्षेत्री (मलेसिया एयरलाइन्स), रमेश लामिछाने (इमिरेट्स) र बासु लामिछाने (फिट्स एयर) चयन भएका छन् । बार्न सन् १९९० मा स्थापना भएको थियो ।
प्रतिक्रिया 4