0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

ट्राफिक एसएसपी अधिकारीको बिदाइ, काफ्लेको स्वागत

नयाँ कार्यालय प्रमुखका रूपमा एसएसपी सुरेश काफ्लेले जिम्मेवारी सम्हालेका छन् । एसएसपी अधिकारीले करिब एक वर्ष ट्राफिक इन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १२:४५

२५ जेठ, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीको बिदाइ भएको छ । उनको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

नयाँ कार्यालय प्रमुखका रूपमा एसएसपी सुरेश काफ्लेले जिम्मेवारी सम्हालेका छन् । एसएसपी अधिकारीले करिब एक वर्ष ट्राफिक इन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।

जेनजी आन्दोलनमा तहस नहस भएको ट्राफिक प्रहरीलाई उनले लयमा फर्काउने काम गरेका थिए । जेनजी आन्दोलनका बेला ट्राफिक कार्यालय जल्नुका साथै ट्राफिक प्रहरीका पोशाकदेखि बन्दोबस्तीका सामानहरू समेत जलेर नष्ट भएका थिए ।

त्यसपछि बिना बर्दी, चप्पलमै ट्राफिक प्रहरी ड्युटीमा खटिएका थिए । बन्दोबस्तीका समानहरूसहित मनोबल समेत खस्केको ट्राफिक प्रहरीको मनाबेल उकास्ने काम एसएसपी अधिकारीले गर्दै लयमा फर्काएका थिए ।

चोरीका तथा हराएका सवारी खोजतलास गरी धनीलाई हस्तान्तरण गर्ने काममा पनि उल्लेख्य भूमिका खेलेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले समेत एसएसपी अधिकारीलाई पुरस्कृत गरेको थियो ।

त्यस्तै गरी काठमाडौं जिल्लाका प्रमुख अधिकारी अधिकारी ईश्वर राज पौडेलले पनि उत्कृष्ट कार्य गरेको भन्दै एसएसपी अधिकारीलाई सम्मानपत्र प्रदान गरेका छन् ।

संघीय राजधानी उपत्यकाका तीन जिल्लामा अत्यधिक सवारी चाप र साँघुरो सडकका कारण ट्राफिक जामको समस्या हुने गरेको छ । अब यी समस्याको कमान्ड गर्दै समस्या हल गर्नुपर्ने जिम्मेवारी एसएसपी काफ्लेको काँधमा आएको छ ।

यसअघि गृहले एसएसपी शान्तिराज कोइरालालाई ट्राफिकको एसएसपीमा सरुवा गरेको थियो । तर इन्चार्ज टु इन्चार्ज सरुवा भएको पाइएपछि उनको ठाउँमा एसएसपी काफ्लेलाई पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?