News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मार्ने पूर्व तयारी गरेको आरोपमा पूर्वी नवलपरासीको कावासोतीबाट २ जना पक्राउ परेका छन् ।
- पक्राउ परेकाहरूको साथबाट २ थान भरुवा बन्दुक र १ थान कार्लोस बरामद गरिएको छ ।
- स्थानीय सूचनाका आधारमा उनीहरूलाई निकुञ्ज प्रवेश गर्न लाग्दा जेठ २३ गते राति नियन्त्रणमा लिइएको हो ।
२५ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गरेर गैँडा मार्ने पूर्व तयारी गरेको आरोपमा अनुसन्धान टोलीले पूर्वी नवलपरासीको कावासोती क्षेत्रबाट २ जनालाई पक्राउ गरेको छ ।
स्रोतका अनुसार उनीहरुलाई घरबाट नै हतियारसहित जेठ २३ गते राति पक्राउ गरेर थप अनुसन्धान गरिएको हो । उनीहरुको साथबाट २ जना भरुवा बन्दुक र एक थान कार्लोससहित अन्य सामाग्रीहरु बरामद गरिएको स्रोतको भनाइ छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पक्राउ परेकाहरुको अनुसन्धान जारी रहेकोले थप विवरण जानकारी नभएको बताए ।
उनीहरु लामिचौर भुताहा क्षेत्रबाट तस्करहरुको योजनामा गैँडा मार्ने तयारीमा निकुञ्ज प्रवेश गर्न लागेको भन्ने स्थानीय सूचनाका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ गरिएकाहरुलाई निकुञ्ज हिरासतमा राखेर अनुसन्धान भैरहेको छ । निकुञ्जले गैँडाको चोरी शिकारी शून्य अभियान चलाइरहेका बेला गैँडा मार्ने योजना बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
प्रतिक्रिया 4