0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको लमहीमा सडक किनारमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा लमही नगरपालिका–७ का ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको छ ।
  • दुर्घटनामा मोटरसाइकलमा सवार ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन् र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
  • पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–५ रातोडाँडामा आज बिहान ना ५ ख ९३३६ नम्बरको ट्रकमा मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

२६ जेठ, लमही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका–५ रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

बिग्रिएर सडक किनारमा रोकिएको ना ५ ख ९३३६ नम्बरको ट्रकको पछाडि आज बिहान करिब ४ बजेतिर लु १२ प ९८४० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय सोही ठाउँ निवासी धनिराम चौधरी घाइते छन् । उनको उपचार लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?