0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

नेपालमा पहिलो ‘जेडब्लू म्यारिअट’ भित्रिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमएस ग्रुपको भगिनी संस्था क्यापिटल होटल एन्ड हस्पिटालिटीले नेपालमा पहिलो पटक जेडब्लू म्यारिअट ब्रान्ड भित्र्याउन म्यारिअट इन्टरनेसनलसँग सम्झौता गरेको छ ।
  • सन् २०३१ सम्म सञ्चालनमा ल्याइने लक्ष्य राखिएको जेडब्लू म्यारिअट होटल काठमाडौंमा २२१ वटा लक्जरी कोठाहरू रहनेछन् ।
  • होटल व्यवस्थापन सम्झौता पत्रमा क्यापिटल होटलका प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारिअटका एसिया प्यासिफिक अध्यक्ष राज मेनलगायतले हस्ताक्षर गरेका छन् ।

२६ जेठ, काठमाडौं । व्यापारिक घराना एमएस ग्रुपको भगिनी संस्था क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडले नेपालमा पहिलो पटक जेडब्लू म्यारिअट’ ब्रान्ड भित्र्याउने भएको छ ।

हस्पिटालिटीले म्यारिअट इन्टरनेसनलसँग होटल व्यवस्थापन सम्झौता गरेको छ । यी दुई कम्पनीबीचको यो चौथो सहकार्य हो । जसले नेपालको लक्जरी आतिथ्य क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा थपेको क्यापिटल होटल एण्ड हस्पिटालिटी लिमिटेडले जनाएको छ ।

कम्पनीका अनुसार सन् २०३१ को सुरुवातसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जेडब्लू म्यारिअट होटल काठमाडौंमा २२१ लक्जरी कोठा रहनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ मिनेटको दूरीमा रहने होटलबाट काठमाडौंका युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थल र सांस्कृतिक केन्द्रमा सहज पहुँच पुग्ने समेत कम्पनीले उल्लेख गरेका छन् । होटेलमा विभिन्न प्रकारका डाइनिङ आउटलेट, स्पा, फिटनेस सेन्टर, स्विमिङ पुल, ‘जेडब्लू गार्डेन’ र १,६०० वर्ग मिटरभन्दा बढीको हल उपलब्ध हुने बताइएको छ ।

उक्त होटल व्यवस्थापन सम्झौतामा क्यापिटल होटल एण्ड हस्पिटालिटीका प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारिअट एसिया प्यासिफिक (चीन बाहेक) का अध्यक्ष राज मेनलगायतले हस्ताक्षर गरे ।

उता, क्यापिटल होटलका तर्फबाट शशिकान्त अग्रवाल र म्यारिअट इन्टरनेसनलका तर्फबाट डेभिड म्यारिअटबीच समेत थप सम्झौता भएको छ । कार्यक्रममा सांसद मिङ्मा डेभिड शेर्पा समेत उपस्थित थिए ।

म्यारिअटसँगको पुनः सहकार्यले नेपालमा थप लक्जरी सेवा उत्पादनको अवसर सिर्जना गरेको र यसले नेपालको पर्यटनमा महत्त्वपूर्ण योगदान दिने प्रवन्ध निर्देशक अग्रवालले बताए । दक्षिण एसियामा म्यारिअट इन्टरनेसनलको द्रुत रूपमा विस्तार भइरहेको पोर्टफोलियोको पछिल्लो कडी हुने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?