0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा पर्सामा सांसद हरि पन्तको प्यानलै विजयी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते ९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको सभापतिमा सुशीलकुमार साह कानुलाई पराजित गर्दै सांसद हरि पन्त विजयी भएका छन् ।
  • चुनावमा तीन सांसदको समूहलाई पराजित गर्दै पन्तको प्यानल नै विजयी भएको छ ।
  • प्रतिनिधि छनोट विवादमा दुई पक्षबीच कुटाकुट भएपछि शनिबार शुरू भएको अधिवेशन लम्बिएर सोमबार रातिमात्र मतदान भएको थियो ।

२६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा हरि पन्तको प्यानल नै विजयी भएको छ ।

आफ्ना प्रतिस्पर्धी सुशीलकुमार साह कानुलाई पराजित गर्दै सभापतिमा पन्त विजयी भएका छन् ।

पन्त पर्सा १ का सांसद पनि हुन् । यसअघि पनि उनी पर्सा जिल्ला सभापति थिए ।

सभापतिमा पराजित कानु पर्सा क्षेत्र नम्बर २ का सांसद हुन् ।

सांसद पन्त र कानु प्यानल नै बनाएर प्रतिपर्धामा उत्रिएका थिए ।

कानुलाई पर्सा क्षेत्र नम्बर ३ का सांसद रमाकान्त चौरसिया र क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्यले साथ दिएका थिए ।

उपसभापतिमा दिलीपकुमार कुर्मी, सचिवमा सुदिशकुमार प्रजापति तथा सहसचिवमा कृष्णा पासवान निर्वाचित भएका छन् ।

सदस्य पदतर्फ तुलसा पौडेल अधिकारी, प्रियंकाकुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी निर्वाचित भएका छन्।

शनिबारदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधि छनोट विवादका कारण दुई पक्षबीच कुटाकुट समेत भएको थियो । जसका कारण अधिवेशन लम्बिएर सोमबार राति अबेर चुनावी प्रक्रियामा गएको थियो । मंगलबार बिहान आएको चुनावी परिणाम अनुसार तीन सांसदको समूहलाई हराउँदै पन्तको प्यानलै विजयी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?