0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

विदेश अध्ययनका लागि तोकिएभन्दा ५ प्रतिशत धेरै विदेशी मुद्रा पठाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको खातामा तोकिएको भन्दा ५ प्रतिशत बढी विदेशी मुद्रा राख्न पाउने व्यवस्था गरेको छ ।
  • विनिमय दरको उतारचढावका कारण हुन सक्ने थप खर्चका लागि बढीमा ५ प्रतिशतसम्म थप गरी विदेशी मुद्रा पठाउन सकिनेछ ।
  • राष्ट्र बैंकले डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएका विद्युतीय कागजातलाई समेत मान्यता दिने नयाँ व्यवस्था लागू गरेको छ ।

२६ जेठ, काठमाडौं । वैदेशिक अध्ययन प्रयोजनका लागि देखाउनुपर्ने बैंक ब्यालेन्समा राष्ट्र बैंकले थप सहजीकरण गरिदिएको छ । केन्द्रीय बैंकले विदेशका कलेजका लागि खातामा देखाउनुपर्ने विदेशी मुद्रा तोकिएभन्दा ५ प्रतिशत धेरै राख्न अनुमति दिएको हो ।

केन्द्रीय बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशनमा थप गर्दै भारत बाहेकका अन्य मुलुकहरूमा अध्ययनको लागि दिइने सटही सुविधा थप खुकुलो बनाएको छ ।

विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीको भिसा प्राप्ति वा नवीकरण र निर्वाह खर्चको लागि सम्बन्धित मुलुकको राजदूतावास वा सरकारी निकायले भनेको खण्डमा विद्यार्थीको खाता नाममा ५ प्रतिशत धेरै विदेशी मुद्रा राख्न सक्ने व्यवस्था केन्द्रीय बैंकले थप गरेको हो ।

केन्द्रीय बैंकले तोकेको परिवर्त्य विदेशी मुद्राको सूचीमा नरहेका स्थानीय मुद्रामा निश्चित रकम देखाउनु पर्ने प्रावधान रहेको पुष्टि हुने कागजातको आधारमा आवश्यक रकमको सटही उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सटही उपलब्ध गराउँदा विनिमय दरको उतारचढावको कारण लाग्ने थप खर्च रकमको यकिन हुन नसक्ने अवस्थामा पठाउनुपर्ने रकमको बढीमा ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा पठाउन सकिने व्यवस्था गरिएको हो ।

विद्यार्थीले निर्वाह खर्चको रुपमा २ हजार ५ सय देखि ५ हजार अमेरिकी डलसम्मको सटही सुविधा पाउँछन् । यस्तो रकम नेपालबाट अभिभावकले विद्याथीलाई पठाउन सक्छन् । साथै अन्य शुल्कको हकमा पुष्टि गर्ने कागजाताका आधारमा अनुमति दिने केन्द्रीय बैंकले जनाएको छ ।

एकीकृत परिपत्र–२०८२ बमोजिम पेश गर्नुपर्ने कागजात सक्कल हुनुपर्ने उल्लेख भएपनि विद्युतीय कारोबार ऐन, २०६३ वा उक्त ऐन अन्तर्गत बनेको नियममा उल्लिखित प्रक्रिया पूरा गरी डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएको कागजातलाई समेत मान्यता दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?