0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

क्रिटिक्स अवार्डमा हरिवंश र आना उत्कृष्ट अभिनेता-अभिनेत्री

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र समीक्षक समाज, नेपालले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ मा ‘ऊनको स्वीटर’ लाई उत्कृष्ट चलचित्र घोषणा गरेको छ ।
  • अवार्ड अन्तर्गत अभिनयतर्फ ‘भूठान’का हरिवंश आचार्य उत्कृष्ट अभिनेता र ‘रमिताको पिरती’की आना शर्मा उत्कृष्ट अभिनेत्री घोषित भए ।
  • चलचित्र ‘ऊनको स्वीटर’का नवीन चौहान उत्कृष्ट निर्देशक र सुरज कटुवालसँगै उत्कृष्ट पटकथा विधामा पुरस्कृत भएका छन् ।

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ । अवार्डमा चलचित्र ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित भएको छ ।

फिक्सनले २०८२ सालभरि प्रदर्शनमा आएका नेपाली चलचित्रको अध्ययन, प्राविधिक विश्लेषण तथा वस्तुनिष्ठ मूल्यांकनका आधारमा विभिन्न विधामा उत्कृष्ट स्रष्टा र चलचित्र छनोट गरिएको जनाएको छ ।

समाजले मंगलबार प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको नतिजाअनुसार ‘ऊनको स्वीटर’का नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भएका छन् । अभिनयतर्फ ‘भूठान’का हरिवंश आचार्य उत्कृष्ट अभिनेता तथा ‘रमिताको पिरती’की आना शर्मा उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् ।

त्यस्तै, ‘ऊनको स्वीटर’का नवीन चौहान र सुरज कटुवाल उत्कृष्ट पटकथाका लागि पुरस्कृत भएका छन् । प्राविधिक विधातर्फ ‘भूठान’का सुशन प्रजापति उत्कृष्ट छायाङ्कन तथा अञ्जय खड्का उत्कृष्ट सम्पादन विधामा विजेता बनेका छन् । यस्तै, कोबिद बज्र ‘ऊनको स्वीटर’का लागि उत्कृष्ट पाश्र्व संगीततर्फ सम्मानित भएका छन् ।

फिक्सनले नेपाली चलचित्रको गुणात्मक विकास, मौलिकता र समीक्षात्मक चेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१४ देखि ‘क्रिटिक्स फिल्म अवार्ड’ प्रदान गर्दै आएको जनाएको छ । समाजका अनुसार अवार्ड वितरण समारोहको मिति र स्थानबारे पछि जानकारी गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?