0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

निर्वाचन क्षेत्र रणनैतिक सडक अन्तर्गतका आयोजनालाई २ अर्ब बजेट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि निर्वाचन क्षेत्र रणनीतिक सडकका योजनामा २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
  • पूर्वाधार विकास मन्त्रालयका अनुसार यो बजेट विगत वर्षका ठेक्कापट्टाको दायित्व भुक्तानीका लागि कुल ३७ वटा आयोजनामा खर्च गरिने छ ।
  • आगामी वर्ष पहिरो नियन्त्रण गर्न ३ अर्ब १७ करोड र पर्यटकीय राजमार्गका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

२६ जेठ, काठमाडौं । सरकारले निर्वाचन क्षेत्र रणनैतिक सडक अन्तर्गतका योजनामा खर्च गर्न आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार आगामी आवमा सो आयोजना अन्तर्गतका योजनाले २ अर्ब बजेट खर्च गर्न पाउने छन् ।

मन्त्रालयका अनुसार यी सबै आयोजनाको विगत आर्थिक वर्षमा लागेको ठेक्का सम्पन्न गर्नका लागि दायित्व भुक्तानीमा सो रकम खर्च हुने छ ।

यस शीर्षकका कुल ३७ वटा आयोजनामा बजेट परेको छ । जसमा कंचनपुरदेखि ताप्लेजुङसम्मका जिल्लाहरु समावेश छन् । चालु आवमा यस्ता आयोजनाले ४ अर्ब ३४ करोड रुपैयाँ बजेट पाएका थिए ।

सरकारले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा यस्ता आयोजना सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा निर्वाचन क्षेत्र रणनीतिक सडक शिलान्यास गरेका थिए ।

हरेक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक पुर्‍याउने लक्ष्यसहित सुरु गरिएको यो आयोजनालाई सरकारले स्रोत सुनिश्चितताविना नै सुरु गरेको थियो ।

सोहीकारण हरेक वर्ष आयोजनाले पाउने थोरै बजेटका कारण प्रभावकारी काम हुन सकेको छैन । यो आयोजना अन्तर्गतको सडकको कुल लम्बाइ २ हजार २ सय १० किलोमिटर हुन आउँछ । यी सडक कालोपत्र गर्ने योजना छ ।

आगामी आवका लागि राप्ती राजमार्गले ४३ करोड बजेट पाएको छ । राष्ट्रिय राजमार्गहरुको पहिरो नियन्त्रणमा ३ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ । कुल ६९ राजमार्गमा बजेट विनियोजन गरिएको छ ।

आगामी आवमा पर्यटकीय राजमार्ग निर्माण कार्यक्रमका नाममा २८ राजमार्गलाई बजेट छुट्याइएको छ । जसका लागि १ अर्ब ४५ करोड बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?