News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको १० महिनामा नेपालको भ्रमण आय २.२ प्रतिशतले घटेर ७४ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।
- सोही अवधिमा नेपालको खुद सेवा आय ६८ अर्ब २२ करोड रुपैयाँ घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
- यस अवधिमा शिक्षातर्फको भ्रमण व्यय बढेर १ खर्ब २० अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
२६ जेठ, काठमाडौं । पर्यटनबाट मुलुकले गर्ने आय सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना (वैशाखमसान्त)सम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वैशाखसम्म खुद सेवा आय ६८ अर्ब २२ करोड घाटामा छ ।
यस अवधिमा भ्रमण आय ७४ अर्ब १८ करोड रुपैयाँ मात्र भएको छ । अघिल्लो वर्ष सोही अवधिमा भ्रमण आय ७५ अर्ब ८३ करोड थियो ।
यस अवधिमा भ्रमण व्यय १ खर्ब ७७ अर्ब ८७ करोड रुपैयाँ बराबर भएको छ । गत आवको यसै अवधिमा भ्रमण व्यय १ खर्ब ८४ अर्ब २२ करोड भएको थियो ।
यस वर्ष आम्दानी २.२ प्रतिशतले घटेको छ । त्यस्तै खर्च ३.४ प्रतिशतले घटेको छ । आय भन्दा खर्च धेरै हुँदा खुद सेवा आय घाटामा रहेको हो । सेवा खाता अन्तर्गत भ्रमण व्ययमा शिक्षातर्फको खर्च १ खर्ब २० अर्ब ५० करोड रुपैयाँ बराबर भएको छ । अघिल्लो आवको सोही अवधिमा १ खर्ब १२ अर्ब ३९ करोड व्यय शिक्षाको थियो ।
प्रतिक्रिया 4