0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

नेपाली सेनालाई बुद्धको सेवानिवृत्त जहाजको ‘फ्युसलेज’ हस्तान्तरण

फ्युसलेज भनेको जहाजको बीचमा रहने प्रमुख भाग हो जसमा पाइलट बस्ने ककपिट, यात्रु बस्ने भाग र कार्गो राख्ने कम्पार्टमेन्ट हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुद्ध एयरले उडान सेवाबाट अवकाशप्राप्त एटीआर७२-५०० सिरिज जहाजको फ्युसलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।
  • सोमबार त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा बुद्धका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सो फ्युसलेज सैनिक उपरथी अनुपजंग थापालाई बुझाए ।
  • यो फ्युसलेज विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विपद् व्यवस्थापन र आपत्कालीन अवस्थाको पूर्वतयारी प्रशिक्षणका लागि प्रयोग गरिनेछ ।

२६ जेठ, काठमाडौं । उडान सेवाबाट अवकाशप्राप्त एटीआर७२-५०० सिरिज जहाजको ‘फ्युसलेज’ बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

फ्युसलेज भनेको जहाजको बीचमा रहने प्रमुख भाग हो जसमा पाइलट बस्ने ककपिट, यात्रु बस्ने भाग र कार्गो राख्ने कम्पार्टमेन्ट हुन्छ । जहाजको मुख्य बडी फ्युसलेजले पखेटा, इन्जिन र पुच्छर अड्याउने काम पनि गर्छ ।

सोमबार त्रिभुवन विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युसलेज नेपाली सेनाका युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापालाई हस्तान्तरण गरे ।

उक्त जहाजले ७० हजार साइकल पूरा गरेपछि केही महिनाअघि नै बुद्धले उडान सेवाबाट अवकाश दिएको थियो । हस्तान्तरण समारोहमा बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले नेपाली सेना विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, शान्ति-सुरक्षा तथा राष्ट्रिय हितका हरेक जिम्मेवारीमा निरन्तर खटिँदै आएको उल्लेख गर्दै यस्तो प्रतिष्ठित संस्थालाई सहयोग गर्न पाउनु बुद्धका लागि गर्वको विषय भएको बताए ।

बस्नेतले हस्तान्तरण गरिएको जहाजको फ्युसलेज, विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका थ्रेट तथा आपतकालीन अवस्थाको पूर्वतयारी र प्रतिकार क्षमता अभिवृद्धि गर्न उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार यो फ्युसलेज नेपाली सेनाले विमानस्थल आपतकालीन योजना  अन्तर्गत विभिन्न सतर्कता स्तरका प्रशिक्षणमा प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बुद्ध एयरले प्रदान गरेको फ्युसलेजले नेपाली सेनालाई पूर्वाभ्यास, सुरक्षा तयारी तथा विभिन्न प्रकारका थ्रेट सामना गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

बुद्धले नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर सुरक्षा सहकार्य गर्दै आएको उल्लेख गर्दै ठाकुरले यस कार्यलाई उदाहरणीय पहलका रूपमा प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?