News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको वैशाख मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर गत वर्षको तुलनामा घटेर ४.९७ प्रतिशत कायम भएको छ ।
- यस अवधिमा विकास बैंकहरूको औसत आधार दर ६.९५ प्रतिशत र वित्त कम्पनीहरूको ७.३० प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
- वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशत, विकास बैंकको ७.८७ प्रतिशत र वित्त कम्पनीहरूको ९.१४ प्रतिशत कायम भएको छ ।
२६ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष वैशाख मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.९७ प्रतिशत कायम भएको छ ।
यो ब्याजदर गत आव सोही अवधिको तुलनामा १ प्रतिशत बिन्दुभन्दा धेरैले कम हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आव वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर ६.१७ प्रतिशत थियो । त्यसैगरी चालु आव वैशाखसम्म विकास बैंकहरूको आधार दर ६.९५ प्रतिशत र वित्त कम्पनीहरूको ७.३० प्रतिशत छ ।
२०८२ वैशाख मसान्तमा विकास बैंकहरूको औसत ब्याजदर ८.२४ प्रतिशत र वित्त कम्पनीहरूको ९.११ प्रतिशत थियो ।
२०८३ वैशाख मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.३५ प्रतिशत, विकास बैंकहरू ३.७० र वित्त कम्पनीहरूको ४.५९ प्रतिशत छ ।
२०८२ वैशाख मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.३७ प्रतिशत, विकास बैंक ५.११ र वित्त कम्पनीहरूको ६.१५ प्रतिशत थियो ।
त्यसैगरी २०८३ वैशाख मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशत, विकास बैंक ७.८७ र वित्त कम्पनीहरूको ९.१४ प्रतिशत छ ।
२०८२ वैशाख मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.११ प्रतिशत, विकास बैंक ९.४५ र वित्त कम्पनीहरूको १०.३१ प्रतिशत थियो ।
प्रतिक्रिया 4