२६ जेठ, काठमाडौं । नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीको नयाँ तदर्थ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ ।
समितिको महामन्त्रीमा गोरखाका ऋषिरमण खनाल, कोषाध्यक्षमा काठमाडौंका प्रेमसागर कर्माचार्यलाई जिम्मेवारी दिइएको छ ।
यस्तै सदस्यहरूमा भोजपुरका वसन्तकुमार श्रेष्ठ, दाङकी अविस्मी न्यौपाने, तेह्रथुमकी पुष्पा दास, सिन्धुपाल्चोकका प्रेम लामा, सप्तरीका मोहम्मद आयतुल्ला रहमान र कैलालीकी मञ्जु साउँद बोहरालाई राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4