२८ जेठ, काठमाडौं । ‘सरकार कोठा खाली छ ?’ भन्दै माइतीघरमा ५४ दिनदेखि सत्याग्रह जारी छ ।
दीपा नेपाली सत्याग्रह धर्नामा बसिरहेकी हुन् । यो विषयमा सरकारको ध्यान पुग्नुपर्ने बताउँछिन् नेकपा एमालेकी सचेतक निता घतानी ।
‘झट्ट सुन्दा यो सामान्य कोठाको विषय जस्तो लाग्न सक्छ । तर यो केवल कोठाको विषय होइन’ घतानीले प्रतिनिधिसभाको बैठकमा भनिन्, ‘यो १४ प्रतिशत दलितमाथि बर्षौंदेखि थुपारिँदै आएको विभेद, बहिष्कार र निषेध हो ।’
उज्वल भविष्यको सपना बोकेर काठमाडौं लगायत देशभरका शहररूमा पुग्दा घरबेटीहरूले जात सोधेर कोठा दिने वा नदिने निर्णय लिँदा समस्या हुने गरेको उनले बताइन् ।
दलित जातले आफ्नो जात खुलाएर कोठा नपाउने अवस्था अन्त्य हुनुपर्ने र जातीय विभेद विरुद्धको कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । यही विषय फेरि संसद्मा उठाउन नपरोस् भनेर पनि सरकारको ध्यानाकर्षण गरेकी छन् ।
प्रतिक्रिया 4