0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

संसद्‍मा पठाउने विधेयकबारे मन्त्रालयहरूसँग छलफल गर्दै कानुन मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १२:४२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानून मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसद्‍मा पेस गर्ने विधेयकको सूची तयार पार्न मन्त्रालयहरूसँग छलफल शुरू गरेको छ ।
  • कानूनमन्त्री सोबिता गौतमले बिहीबार भूमि व्यवस्था र महिला मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग विधेयकको तयारीबारे छलफल गर्नुहुनेछ ।
  • विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र संघीय संसद्‍मा पेस गर्ने विधेयकहरूको प्राथमिकताक्रमसहितको सूची तयार गर्नुपर्ने कानूनी व्यवस्था छ ।

२८ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसद्‍मा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरूसँग छलफल गर्दैछ ।

कानुनमन्त्री सोबिता गौतमले बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल तथा महिला, बालबालिका, लैगिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र सचिव राधिका अर्यालसँग छलफल गर्न लागेको कानुन मन्त्रालयले जनाएको छ ।

महिलामन्त्री वादीसँग ३ बजे र भूमिमन्त्री रावलसँग ४ बजे कानुन मन्त्रालयमा छलफल हुनेछ । मन्त्रीहरूसँग के–के विधेयकको तयारी भइरहेको छ भनेर ब्रिफिङ लिने तयारी छ ।

विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र संघीय संसद्‍मा पेस गर्ने विधेयकहरूको प्राथमिकताक्रमसहितको सूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यसका लागि सम्बन्धित मन्त्रालयले वार्षिक कार्यतालिकाको रूपमा विधेयकको सूची कानुन मन्त्रालयमा पेस गर्नुपर्छ ।

‘कानुनमन्त्रीले आगामी आर्थिक वर्षमा पेस गर्ने विधेयक फाइनल गर्न मन्त्रालयहरुसँग क्रमबद्ध छलफल गर्नुहुन्छ’, मन्त्रीको सचिवालयले भनेको छ, ‘असारसम्म सबै विधेयकको सूची पठाउन कानुन मन्त्रालयले तयारी गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?