0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

मधेशको पर्यटन चिनाउन ‘मधेश ट्राभल मार्ट’ सुरु

मधेश प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन तथा स्थानीय परिकार र संस्कृतिलाई प्राथमिकतामा राखिएको कार्यक्रमको सहजीकरण गरिरहेको नाट्टा मधेश प्रदेशले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डको आयोजनामा मधेश प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्देश्यले चारदिने 'मधेश ट्राभल मार्ट' सुरु भएको छ ।
  • नाट्टा मधेश प्रदेशका अनुसार मार्टमा नेपाल र भारतका २ सयभन्दा बढी पर्यटन व्यवसायी तथा सरोकारवालाको सहभागिता रहने छ ।
  • यो मेलाले मधेशका आठै जिल्लाका सांस्कृतिक एवं पर्यटकीय क्षेत्रलाई भारतीय बजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

२८ जेठ, बारा । नेपाल पर्यटन बोर्डको आयोजनामा बिहीबारदेखि मधेश ट्राभल मार्टको आयोजना सुरु भएको छ ।

मार्टको आयोजनाबारे नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर्स अपरेटर (नाट्टा) मधेश प्रदेशले बिहीबार बाराको सिमरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

वीरगञ्ज, बारा र जनकपुरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना हुँदैछन् । मधेश प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन तथा स्थानीय परिकार र संस्कृतिलाई प्राथमिकतामा राखिएको कार्यक्रमको सहजीकरण गरिरहेको नाट्टा मधेश प्रदेशले जनाएको छ ।

नाट्टा मधेशका अध्यक्ष मोहन शर्माले शुक्रबार वीरगञ्जमा औपचारिक उद्घाटन पछि जनकपुरसम्मका विभिन्न कार्यतालिकाबारे पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

‘बारा–पर्सा सहित मधेशका आठै जिल्लाका संस्कृति र पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले कार्यक्रमको आयोजना हुँदैछ’ शर्माले भने ।

वीरगञ्ज महानगरपालिका र बर्दिबास नगरपालिकाको समेत सहयोगमा हुन लागेको कार्यक्रमको सचिवालय बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको छ ।

चार दिनसम्म चल्ने मार्टको आयोजनामा स्थानीय तह समेतको सह–लगानी रहेको आयोजकको भनाइ छ ।

‘नेपाल पर्यटन बोर्ड र यहाँका स्थानीय तह समेतको सहलगानीमा कार्यक्रम हुन लागेको हो’ नाट्टा मधेश प्रदेश अध्यक्ष शर्माले भने ।

मार्टका अवसरमा नेपाल र भारतका विभिन्न शहरबाट दुईसय बढि सहभागि हुनेछन् । मार्टमा दुवै तर्फका पर्यटन व्यवसायी, पर्यटक, कन्टेन्ट क्रियटर तथा टुर्स अपरेटरहरूको सहभागिता रहने छ ।

आगामी दिनमा मधेशका पर्यटकीय गन्तव्यहरूलाई भारतीय पर्यटन बजारमा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?