२८ जेठ, काठमाडौं । वीर अस्पतालका आवासीय चिकित्सकले भत्ता नपाएको विरोधमा कालोपट्टी लगाएर प्रतिकात्मक आन्दोलन सुरु गरेका छन् ।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्स(र्यान)ले ७२ घण्टाभित्र माग सम्बोधन नभए सम्पूर्ण सेवा ठप्प(हड्ताल) गर्ने चेतावनी दिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका (न्याम्स) रेजिडेन्ट डाक्टरले प्रत्येक महिना ७ गते भित्र पाउनुपर्ने भत्ता हुनुपर्नेमा दुई महिना बितिसक्दा पनि वैशाख महिनाको निर्वाह भत्ता नआएको बताएका छन् ।
र्यानका अध्यक्ष डा. प्रकाश खरेलले अस्पताल प्रशासन र चिकित्सा शिक्षा आयोगसँग पटक–पटक छलफल भएर पनि हालसम्म कुनै स्पष्ट निर्णय र ठोस समाधान नभएको बताए ।
‘यदि ७२ घण्टाभित्र माग सम्बोधन नगरिए सम्पूर्ण रेजिडेन्ट डाक्टरहरू आकस्मिक सेवासमेत बन्द गरेर पूर्ण हड्तालमा जान्छौं,’ खरेल भन्छन्, ‘यसले बिरामी सेवामा गम्भीर असर पर्ने र सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी अस्पताल प्रशासन, चिकित्सा शिक्षा आयोग र सम्बन्धित निकाय नै हुनुपर्ने छ ।’
प्रतिक्रिया 4