News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले माझी समुदायको लदी पूजा र मगर समुदायको भूमे पर्वसहित पाँच सम्पदालाई अभौतिक सूचीमा सूचीकृत गरेको छ ।
- मन्त्रालयको २७ जेठको मन्त्रीस्तरीय निर्णय अनुसार नेवा समुदायको जिब्रो छेड्ने जात्रा र श्रीनीलवाराही गण नाच पनि राष्ट्रिय सूचीमा परेका छन् ।
- मगर समुदायको चनारु स्याइँ नाचलाई समेत सरकारले अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीमा समावेश गरेको प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।
२७ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ पर्व र नाचलाई अभौतिक सम्पदाको राष्ट्रिय सूचीमा सूचीकृत गरेको छ ।
मन्त्रालयको २७ जेठको मन्त्रीस्तरीय निर्णय अनुसार ती सम्पदा अभौतिक सम्पदामा सूचीकृत गरेको हो । मन्त्रालयका अनुसार लदी पूजा (कोशी) लाई अभौतिक सांस्कतिक सम्पदामा सूचीकृत गरिएको छ । जुन माझी समुदायमा प्रचलित छ ।
त्यस्तै मगर समुदायको भूमे पर्व, नेवा (श्रेष्ठ, ज्यापु, नकर्मी) समुदायको जिब्रो छेड्ने जात्रासमेत यो सूचीमा परेको छ । सोही समुदायको श्रीनीलवाराही गण नाच र मगर समुदायको चनारु स्याइँ नाचलाई समेत मन्त्रालयले यो सूचीमा सूचीकृत गरेको प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4