0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

५ दिनमै बढ्यो अन्डाको मूल्य  

अन्डाको थोक मूल्यमा लगातार वृद्धि भए पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने तत्काल कुनै परिवर्तन गरिएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लेयर्स कुखुरापालक संघले उत्पादन लागत र बजार मागलाई ध्यान दिँदै देशभरिका लागि अन्डाको समर्थन मूल्यमा प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ ।
  • नयाँ मूल्यसूची अनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय ७५, ठूलोको ५ सय ६० र मिडियमको ५ सय ३० रुपैयाँ कायम गरिएको छ ।
  • अन्डाको थोक मूल्य बढे पनि उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्यमा भने तत्काल कुनै परिवर्तन नगरिएको संघले जनाएको छ ।

२८ जेठ, काठमाडौं । ५ दिनमै फेरि अन्डाको मूल्य बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन बिक्री मूल्यमा भोलि शुक्रबारदेखि लागु हुने गरी फेरि वृद्धि गरेको हो ।

संघले यसअघि २३ जेठदेखि लागु हुने गरी मूल्य तोकेको थियो ।

काठमाडौंमा सम्पन्न अन्डा उत्पादकहरूको भौतिक तथा भर्चुअल बैठकले उत्पादन लागत र बजार माग मध्यनजर गर्दै देशभरिका लागि चितवनलाई आधार मानी नयाँ मूल्य तय गरेको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।

नयाँ मूल्यसूची अनुसार सबै प्रकारका अन्डाको फार्म मूल्यमा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि भएको छ । यसअघि २३ जेठमा लागु भएको दरमा ५ सय ६० रुपैयाँ रहेको एक्सएल अन्डाको मूल्य अहिले प्रतिक्रेट ५ सय ७५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी ५ सय ४५ रुपैयाँ रहेको ठूलो अन्डाको मूल्य बढेर ५ सय ६० र ५ सय १५ रुपैयाँ रहेको मिडियम अन्डाको मूल्य बढेर ५ सय ३० कायम गरिएको छ ।

सानो अन्डाको मूल्यमा भने प्रतिपेटी २ सय रुपैयाँ वृद्धि भई ३ हजार २ सय पुगेको छ, जुन यसअघि ३ हजारमात्र थियो ।

अन्डाको फार्म मूल्य (थोक मूल्य) मा लगातार वृद्धि भए पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने तत्काल कुनै परिवर्तन गरिएको छैन ।

संघका अनुसार उपभोक्ताले अझै पनि प्रतिगोटा २५ रुपैयाँमै अन्डा खरिद गर्न पाउनेछन् ।

संघले सम्पूर्ण व्यवसायी, फार्म सञ्चालक तथा सरोकारवालालाई नयाँ मूल्य अनुसार नै कारोबार अघि बढाउन अनुरोध गर्दै बजारमा अन्डा आपूर्ति र मागको सन्तुलन मिलाउन यो कदम चालिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?