+
+
Shares

मधेश प्रदेशसभा अगाडि टायर बालेर प्रदर्शन

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणमा बजेट विनियोजन नभएको भन्दै आक्रोशित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।

सुरेश राय सुरेश राय
२०८३ जेठ २९ गते १५:४२

२९ जेठ, सिरहा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमला पुलका लागि बजेट नपरेको भन्दै स्थानीय मधेश प्रदेश सभाअघि टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणमा बजेट विनियोजन नभएको भन्दै आक्रोशित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले झुटा आश्वासन चाहिँदैन, मनोमानी चल्दैन, नयाँ कमला पुल निर्माण गर जस्ता नारा लगाएका थिए । यस्तै उनीहरूले मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्री विरुद्ध पनि नाराजबाजी गरेका छन् ।

यसअघि संघर्ष समितिले संघीय सरकारको बजेटमा पनि पुल निर्माणमा बजेट नपरेको भन्दै केही दिनअघि प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेका थिए ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?